प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजनामा जलवायु परिवर्तन विषयक अन्तरक्रिया सम्पन्न भएको छ। आज भएको कार्यक्रममा सुरक्षा याेजना उपसमितिका संयोजक दुर्गादेवी बिष्टको अध्यक्षता संगै संस्थाका अध्यक्ष खिमानन्द भुसालको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय किर्तिपुरका प्रा डा कविराज पाैडेल , सुनिल लम्साल , ध्रुव कंडेल , सुमन महर्जन , युरोप पौडेल तथा उत्तम शर्मा लगायतका भू गर्भविदहरुको उपस्थिति रहेको थियो।
अन्तरक्रियामा बिशेष गरि जलवायु परिवर्तनले पारेको प्रभाव र असरलाई कमि गर्न उपभोक्ताहरुले गर्नुपर्ने कामको बारेमा छलफल गरिएको संस्थाका अध्यक्ष खिमानन्द भुसालले ह्याप्पी टाइम्सलाई बताएका छन्। भुसालले संस्थाले अबका दिनमा जलवायु परिवर्तनको असरहरुलाई न्यूनीकरण गर्नको लागी नमुना कार्यक्रम अविलम्ब सुरु गर्ने समेत बताएका छन्।
साथै कार्यक्रममा चुरे क्षेत्र संरक्षण , पानीको संरक्षण सम्बन्धि गहन छलफल भएको छ। यस्तै कार्यक्रममा आफ्नो भनाई राख्दै संस्थाका सल्लाहकार द्वय तिल प्रसाद काफ्ले र सत्यनारायण भुसालले संस्थालाई सधै उत्कृस्ट बनाइ राख्ने बताएका थिए।
कार्यक्रममा संस्थाका कार्य समिति सदस्य , सल्लाहकार, लेखा समिति,र कर्मचारी गरि करिव ४० जनाको सहभागिता रहेको थियो भने संस्थाका सचिव इन्द्रमणि भुसालले सहजीकरण गरेका थिए।