देवचुली,
अझै पनि हाम्रो समाजमा छोरीलाई हेर्ने फरक दृष्टिकोणलाई हटाउनको लागि पछिल्लो समय नवलपुरको देवचुलीका २५ जना किशोरीहरुका लागि छोरीले पनि हाम्रो समाजमा केही गर्न सक्छिन भनेर ५ दिने नेतृत्व विकास तालिम चितवनको सौराहामा दिईएको छ । असार २१ गते शनिबार देखि शुरु भएको तालिम (आज) बुधबार समापन भएको छ । देश भित्र भएका विभिन्न नगरपालिका, गाँउपालिका र वडाहरुले विकास निर्माण मात्र नभई सचेतनाका कार्यक्रमहरु ग¥यो भने छिट्टै नै देश विकास हुने कार्यक्रमको प्रमुख अतिथी रहनुभएको राष्ट्रिय मानव अधिकार आयोगका सदस्य मोहना अन्सानीले बताउनुभयो । यस बिषयमा स्थानीय स्तरमा रहेका किशोरकिशोरीहरुको महत्वपूर्ण भुमिका रहेको र समाजमा घटेका कुनै घटनाहरुको बिषयमा आवाज उठाउन जरुरी रहेको बताउदैँ देशलाई राम्रो बनाउनको लागि गलत कुरालाई निरुत्साहित गर्नु पर्ने र राम्रो कुरालाई प्रोत्साहित गदै अगाडि बढेमा एकदिन अवश्य सफल हुने बताउनुभयो ।
छोरीले केही गर्न सक्छिन, छोरी सँग क्षमता छ, छोरीहरुको क्षमतालाई अझै अगाडि बढाउनु पर्छ भन्ने उदेश्यले (सक्छिन छोरी) को नेतृत्व विकास तालिम आयोजना गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेलले बताउनुभयो । छोरीहरुले पनि थुप्रै काम गर्न सक्छिन र किशोरी मैत्री नमुना नेपाल बनाउनका लागि स्थानीय तह र राज्य तह बाट लगानी वृद्धि गर्नुपर्ने, संविधानमा लेखिएका कुराहरु कार्यानवयन भएमा मात्र सक्छिन छोरी अभियानलाई बिस्तारै स्थापति गदै अगाडि लैजाने अध्यक्ष पौडेलले बताउनुभयो ।
५ दिने सक्छिन छोरी तालिममा देवचुली नगरपालिकाका उपप्रमुख पार्वता तिवारी, खैरेनी नगरपालिकाका स्थानिय शिक्षा अधिकारी महेन्द्र पौडेल, देवचुली नगरपालिकाका कार्यपालीका सदस्य नवकुमारी शर्मा, सुवोचन्द्र सुवेदी, माया सुवेदी लगायत विभिन्न पदाधिकारीहरुको उपस्थिती रहेको थियो भने उतm तालिमलाई निरज न्यौपाने, दिपक शर्मा, दिपक प्रसाद बस्याल, कुशुम केसी, विध्या विष्ट लगायतले सहजीकरण गर्नुभएको थियो ।
सुरुमा किशोरीहरु बोल्न र आफनो कुरा खोल्न डरााए पनि बिस्तारै उनीहरुले आफुहरुमा भएको हिंसा सँगै समाजमा देखेको विभिन्न कुराहरु पोख्न थालेको र तालिम सम्पन्न भइसकेपछि किशोरीहरुले आफनो पढाइलाई निरन्तरता दिदैँ बालिका अधिकारका निम्ति समुदायमा गएर सचेतना फैलाउने छन भन्ने बिश्वास रहेको प्रशिक्षकहरुले बताएका छन् ।
तालिममा सहभागी किशोरीहरुले ५ दिने तालिमले आफुहरुलाई निकै नै परिवर्तन गराएको र अबको दिनमा आफुहरु माथि कुनै पनि हिंसा हुन नदिने र समाजमा कुनै पनि घटनाहरु हुन नदिने प्रतिबद्धता जनाएका थिए । पेयर एजुकेटरबाट छनोट भएका करिब २५ जना किशोरीहरुलाई ५ दिन तालिम दिइएको थियो ।