बुलिङटारमा गत फाल्गुन १ बाट सुरु भएको अध्यक्ष कप तथा अन्तरपालिका जिल्लास्तरीय खेलकुद कार्यक्रम आज सम्पन्न भएको छ। बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिराण बस्ताकोटीले कार्यक्रममा सम्बोधन गर्दै यस पालिका अन्तर्गत रहेको देवचुली डाँडा र तीनकन्या माई गुफा , भ्यू टावर, पवित्र नदी कालीगण्डकीको किनारमा रहेको घुमारीघाट, रामेश्वर शिवालय मन्दिरका साथै यस क्षेत्रमा बसोबास गर्ने स्थानिय जातिहरुको लोपोन्मुख संस्कृतिलाई उचित संरक्षण र संवद्र्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरी पर्यटन प्रवद्र्धन गर्न तथा स्थानिय खेलाडिहरुको क्षमतालाई प्रोत्साहन गर्न पक्कै पनि यस कार्यक्रमले महत्वपूर्ण भूमिका निर्भाह गरेको बताएका थिए।
यस्तै कार्यक्रममा बुलिङटार युवा तथा खेलकुद विकास समितिका अध्यक्ष तिल बहादुर खण्डलुक मगरको अध्यक्षता संगै उपाध्यक्ष मैना विक, मध्यविन्दु का उपमेयर ओमकुमारी महतो, बुलिङटारका जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत सिताराम खनाल लगायतका व्यक्तिहरुको आतित्थ्यता रहेको थियो। उक्त कार्यक्रममा महिला भलिवल तर्फ क्रमश देवचुली र मध्यविन्दु प्रथम र द्वितीय भएका थिए भने बुलिङटार गाउँपालिका र कावासोती नगरपालिका सेमी फ़ाइनलमा प्रवेश गरेका थिए।
जसमा प्रथम, द्वितीय र तृतीय हुने समुहहरुले क्रमश ५१ हजार , ३१ हजार र १५ हजार नगदको साथमा मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका थिए। यस्तै अहिले सम्मकै जिल्ला भित्रको सबैभन्दा धेरै पुरस्कार राशि भएको पुरुष भलिबल प्रतियोगीतामा बौदिकाली प्रथम , मध्यविन्दु द्वितीय र बुलिङटार र गैडाकोट तृतीय भए संगै क्रमश १ लाख ३५ हजार , ७५ हजार र २५ हजारको साथमा मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन्। यता अन्तरपालिका फुटवल तर्फ भने कावासोती प्रथम गैडाकोट द्वितीय र बुलिङटार तृतीय भएको छ। यो संगै क्रमश प्रथम , द्वितीय र तृतीय हुने समुहले १ लाख ३५ हजार , ७५ हजार र २५ हजारको साथमा मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन्।
साथै पुरुष डबल व्याडमिन्टन प्रतियोगीता तर्फ मध्यविन्दुका केवल श्रेष्ठ र अनिल मल्ल प्रथम, सुमन राना र चेत बहादुर पुलामी द्वितीय र बौदिकालीका थान बहादुर सारु र नेत्र बहादुर सारु सगै अक्ष मल्ल र सन्तोष दर्लामी तृतीय भएका छन्। यो संगै प्रथम , द्वितीय र तृतीय हुने समुहले २५ हजार , १५ हजार र ७ हजार ५ सय नगद संगै मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन्। त्यस्तै गरि पुरुष हाफ म्याराथन दौडमा बौदिकाली प्रथम, हुप्सेकोट द्वितीय र प्रतापपुरका धावक तृतीय भएका थिए भने उनीहरुले क्रमश २० हजार , १० हजार र ५ हजारको साथमा मेडल, प्रमाणपत्र र शिल्ड प्राप्त गरेका छन् भने महिला क्वाटर म्याराथन दौडमा प्रथम , द्वितीय र तृतीय हुने खेलाडीहरुले क्रमश ११ हजार , ८ हजार र ५ हजार प्राप्त गरेका छन्। भने चौथो र पाँचौ हुने खेलाडीले क्रमश ३ हजार र २ हजार प्रदान गरिएको थियो।