देवचुली,
देवचुली नगरपालिकाका किशोरीहरुको लागी आत्मरक्षा तालिम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल कराते महासंघ सितोरियो कराते गण्डकी प्रदेश सदस्य विष्णुलाल श्रेष्ठको अध्यक्षाता संगै देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्रीको प्रमुख आथित्यता रहेको थियो।

देवचुली नगरपालिकाको आयोजना र नेपाल कराते महासंघ सितोरियो कराते डो नवलपुरको व्यवस्थापनमा कार्यक्रमको आयोजना भएको हो। कार्यक्रम मार्फत किशोरीहरुले घरेलु हिँसा,स्वंम सुरक्षा र प्रतिकारका विषयसंगै आफुलाई र समाजलाई सबल बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।

कार्यक्रममा देवचुली नगरपालिकाका कार्यपालिका सदस्य माया सुबेदी, जनज्योति माविका प्रधानाध्यापक मिन बहादुर दाहाल , बिधालयका व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसाल लगायतको उपस्थिति रहेको थियो।

आत्मरक्षा तालिमको मुख्य प्रशिक्षकको रुपमा ओम थापा मगर र एन्जिला गुरुङ रहेका थिए। कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रधानाध्यापक दाहाल , अध्यक्ष भुसाल , जनप्रतिनिधि माया सुबेदी , ह्याप्पी एफ एमका स्टेसन म्यानेजर आदर्श शुसिल , प्रशिक्षक सुभेक्षा भट्टराई , मुना रेउले तथा अमिसा न्यौपाने लगायतले अहिलेको समयमा किशोरीहरुको लागी आत्मरक्षा तालिमको एकदमै आवश्यकता रहेकोले यसलाई देशव्यापी रुपमा संचालन गर्नुपर्ने बताएका थिए।

कार्यक्रमको सहजीकरण नेपाल कराते महासंघ सितोरियो कराते डो नवलपुरका सचिव भुपराज पाठकले गरेका थिए।
