देवचुली
देवचुलीमा नवलपुर बनस्पति उधान कार्यक्रम शुक्रबार सम्पन्न भएको छ। देवचुली नगरपालिकाका प्रमुख पूर्ण कुमार श्रेष्ठको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा देवचुली १३ मा रहेको बौलाहा खोलाको तटीय क्षेत्रमा रहेको करिब ७ बिघाहा ऐलानी जग्गामा करिव १० करोड बराबरको लगानीमा बनस्पति उधान बनाउने बिषयमा छलफल भएको छ।
बन तथा वातावरण मन्त्रालय बनस्पति बिभाग अन्तर्गत बनस्पति अनुसन्धान केन्द्र सल्यानका प्रमुख डा मित्र पाठकले यस आयोजनाले देवचुली मात्र नभई सिंगो जिल्लाको पर्यापर्यटन , जैविक विविधता संगै अन्य विविध पाटोमा महत्वपूर्ण भूमिका खेल्ने बताएका थिए।
उनले यस आयोजनाले नवलपुर संगै देवचुलीभित्र रहेका दुर्लभ , रैथाने तथा लोपोन्मुख प्रजातिका बिरुवाहरुको संरक्षण संगै प्रवर्द्धन हुनेमा आफु विश्वस्त रहेको समेत बताएका थिए।
यस्तै कार्यक्रममा बोल्दै नेपाल सरकारका उप सचिव बिष्णु भुसालले यस उधानमा तिन तहको सरकारले लगानी गर्ने बताउंदै यस भित्र टिकट घर , भ्यु टावर , पानीको फोहोरा लगायतका आकर्षक वातावरण रहने समेत बताएका थिए।
कार्यक्रममा पाठक र भुसालका अलवा देवचुली नगरपालिकाका प्रमुख श्रेष्ठ , प्रशासकीय अधिकृत गोबिन्द सिग्देल , नगर प्रवक्ता , जनप्रतिनिधि , संचारकर्मी लगायतको उपस्थिति रहेको थियो।