देवचुली
देवचुली नगरपालिकाका किशोरीहरुको लागी १ हप्ते आत्मरक्षा तालिम सुरु भएको छ।
देवचुली नगरपालिकाको आयोजना संगै नेपाल कराते महासंघ सितोरियो कराते डो नवलपुरको व्यवस्थापनमा कार्यक्रमको आयोजना भएको हो।
कार्यक्रम मार्फत किशोरीहरुको माध्यमबाट घरेलु हिँसा न्यूनीकरण संगै समग्र समाजलाई सबल बनाउने लक्ष्य राखेको आयोजकले जनाएको छ।
कार्यक्रममा नेपाल कराते महासंघ सितोरियो कराते डो नवलपुरका अध्यक्ष विष्णुलाल श्रेष्ठको अध्यक्षता संगै सामाजिक बिकास समितिका अध्यक्ष तथा देवचुली १७ का अध्यक्ष बिष्णु प्रसाद आचार्यको प्रमुख आतित्थ्य्ता रहेको थियो।
कार्यक्रममा बोल्दै अधिकांश वक्ताहरुले अहिलेको समयमा आत्मरक्षा तालिमको आवश्यकता एकदमै रहेकोले यसलाई देशव्यापी रुपमा संचालन गर्नुपर्ने बताएका थिए।
देवचुली नगरपालिकाको विभिन्न ठाउँमा गरि करिब २ सय जना किशोरीलाई तालिम प्रदान गर्ने योजना सहित आयोजना गरिएको कार्यक्रममा आज पहिलो दिन ५३ जनाको सहभागिता रहेको नेपाल कराते महासंघ सितोरियो कराते डो नवलपुरका सचिव तथा कार्यक्रम संचालक भुपराज पाठकले ह्याप्पी टाइम्सलाई बताएका छन्।
पाठकका अनुसार कार्यक्रममा बिनिता महतो , एन्जिला गुरुङ , आस्था अधिकारी लगायतका किशोरीहरु प्रशिक्षकका रुपमा रहेका छन्।
यस्तै कार्यक्रममा सामाजिक बिकास शाखा प्रमुख बिमला लम्साल , वरचुली माविका प्रधानाध्यापक , देवचुली माविका शिक्षक लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।