त्यसपछि मुख्यसचिव बैरागीले स्वास्थ्य मन्त्रालयलाई औषधि उत्पादन र आपूर्ति तीव्र पार्न निर्देशन दिएका थिए । लगत्तै औषधि लिमिटेड, औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ, पैठारीकर्तासहितको छलफलपछि औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले शुक्रबारसम्म सहज हुने बताएका थिए । तर, बजारमा अझै सिटामोल सहजै पाइँदैन ।
वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका प्रवक्ता हरि पंगेनीका अनुसार सिटामोल अझै सहज भइसकेको पाइएको छैन । ‘मुख्यतः बिहीबार र शुक्रबार उपत्यकाका ठूला अस्पतालका फार्मेसीमा अनुगमन गर्यौं । दुई दिनमा करिब २८ फार्मेसीमा अनुगमन गर्दा सिटामोल सहज देखेनौं,’ उनले भने, ‘केहीमा थोरै परिमाणमा मात्रै देखियो ।’
सातदोबाटोमा रहेको गोसाइँकुण्ड स्वास्थ्य सेवाले सिटामोल लुकाएको फेला पारेपछि १० हजार जरिवाना गरिएको थियो । विभागको टोलीले बुधबार पुनः दुईवटा फार्मेसीमा अनुगमन गरेको थियो । बिहीबार औषधि व्यवस्था विभागको टोलीसहित १५ फार्मेसीमा अनुगमन गरिएको थियो । शुक्रबार १२ फार्मेसीमा अनुगमन गरेको प्रवक्ता पंगेनीले बताए । ‘७/८ वटा फार्मेसीमा हेर्दा ३ वटामा भेटियो, त्यसमा पनि २/४ पत्ता मात्रै देखिन्छ,’ पंगेनीले भने, ‘४० लाख ट्याब्लेट बजारमा आएपछि अभाव हट्छ । सिटामोल लुकाएर नराख्न निर्देशन दिएका छौं ।’
साभार