देवचुली,
देवचुली नगरपालिकामा १२ बर्ष माथि र १८ बर्ष भन्दा मुनिका विद्यार्थीहरुलाई कोरोना विरुद्धको खोप लगाईने भएको छ । देवचुली वडा नं १ देखि १७ सम्मका १२ बर्ष माथिका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई यहि माघ ७ गते देखि मोर्डना खोपको पहिलो मात्रा लगाएकाहरुलाई दोस्रो मात्रा खोप लगाईने भएको हो । यहि माघ ७ गते देखि १४ गते सम्म विद्यार्थी अध्ययनरत विद्यालयमा नै खोप लगाईने व्यवस्था गरिएको देवचुली नगरपालिका स्वास्थ्य शाखा प्रमुख राम कुमार श्रेष्ठले जानकारी दिनुभयो ।
आगामी माघ ७, ९, १० गते नेपाल मा.वि देवचुली १, माघ ११ गते दिव्य एकेडेमी देवचुली १, माघ ११ गते बैदिक कर्मकाण्ड आवशीय गुरुकुल देवचुली २, माघ ११ गते नेपाल धर्ती प्रा.वि देवचुली ५, माघ १२ गते सकला देवि मा.वि देवचुली ५, माघ १३ गते शान्ति सिर्जना आ.वि देवचुली ६, माघ ७ गते भीमसेन मा.वि देवचुली ७, माघ ९, १०, ११ गते कालिका मा.वि देवचुली ९, माघ ६, ८, ९ गते सरसस्वती प्रा.वि कुमसोत, मिलिजुली प्रा.वि आपटारी, मनकामना प्रा.वि देवचुली स्वास्थ्य चौकीमा, माघ ७ गते पृथ्वी मा.वि देवचुली १०, माघ ७ गते सुर्य किरण, भृकुटी, दिव्यज्योतिका विद्यार्थीलाई प्रगतिनगर स्वास्थ्य केन्द्रमा खोप लगाइने छ ।
यसैगरि माघ ९ गते नवल ईङ्लिस बोडिङ्ग स्कुल देवचुली १४, माघ ९ गते मुनलाईट एकेडेमी देवचुली १३, माघ १० गते जनज्योति नमुना मा. वि देवचुली १४, माघ ११ र १२ गते जनज्योति मा.वि, नारायणी प्रा.वि देवचुली १५, माघ १३ गते विश्वज्योति मा.वि, पशुपति साङ्गवेद देवचुली १५, माघ ७ र ८ गते बरचुली मा.वि देवचुली १७, माघ ७ गते प्रभात जनता आ.वि देवचुली १६, माघ ९ गते कुमारवर्ती बो.ई देवचुली १६, माघ १० गते वाइज भिजन बो. ई देवचुली १६, माघ ११ गते अमर ई.बो.स्कुल देवचुली १६, माघ १२ र १३ गते देवचुली मा.वि देवचुली १६ मा कोरोना विरुद्धको खोप लगाईने भएको छ । देवचुली नगरपालिका स्वास्थ्य शाखाका अनुसार सम्पूर्ण विद्यार्थीलाई आ–आफ्नो विद्यालयमा उपस्थित भई खोप लगाउन अनुरोध गरिएको छ ।