देवचुली,
देवचुली जेसीजको सातौँ साधारण सभा मंगलबार देवचुली उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न भएको छ । देवचुली जेसीजका बर्ष २०२१ का अध्यक्ष निलकण्ठ पोख्रेलको अध्यक्षता तथा मातृशाखा गैंडाकोट जेसीजका संस्थापक अध्यक्ष जेसी बद्धी सापकोटाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
यस्तै कार्यक्रममा विशेष अतिथीका रुपमा धापासी जेसीजका पूर्व ई.भि.पि नारायण पौडेल, देवचुली जेसीज बर्ष २०१९ का अध्यक्ष जेसी बसन्त पोख्रेल, देवचुली जेसीजका संस्थापक अध्यक्ष केवी राना, देवचुली जेसीजका पूर्व अध्यक्ष सालिकराम पुरी, लाईन्स क्लब अफ देवचुली दिव्यका चार्टर प्रेसिडेण्ट लायन निरज सापकोटा लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा जेसीज आस्था/मिसन भिजन देवचुली जेसीजका कानुनी सल्लाहकार गणेश भुसालले राख्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका जेसी बद्धी सापकोटाले कोरोना भाईरसका कारणले २०२१ मा जेसीजले चाहे अनुसारको काम गर्न नसकेपनि देवचुली जेसीजले समाजमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभएको थियो । सातौँ साधारण सभामा बोल्दै धापासी जेसीजका पूर्व ई.भि.पि पौडेलले जेसीज युवाहरुको संस्था भएकाले कुलत र दुव्र्यसनीमा फसेका युवाहरुलाई सकारात्मक सोच ल्याउन र क्षमताको पहिचान गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको थियो ।
यसैगरि कार्यक्रममा देवचुली जेसीज बर्ष २०१९ का अध्यक्ष पोख्रेलले कोरोना कहरमा पनि जेसीजले उत्कृष्ट कार्य गरेको प्रशंसा गर्दै अब आउने नयाँ समितिले समय आयम योजनाहरु ल्याउनुपर्ने बताउनुभएको छ । कार्यक्रममा देवचुली जेसीजका पूर्व अध्यक्ष सालिकराम पुरीले जेसीजले प्रत्येक बर्ष १५ भन्दा बढिलाई नेतृत्व विकास तालिम संचालन गर्नुपर्ने बताउनुभएको थियो । कार्यक्रम संयोजक रहनुभएका आदर्श सुशीलले जेसीजमा आबद्ध भएका व्यक्तिहरुले आफ्नो अनुभव साट्ने थलो रहेको बताउँदै जेसीज सिँगो सिकाईको केन्द्र रहेको बताउनुभएको थियो ।
कार्यक्रमलाई समापन गर्दै देवचुली जेसीजका बर्ष २०२१ का अध्यक्ष निलकण्ठ पोख्रेलले बर्ष २०२१ लाई सफल बनाउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभएको थियो । यस्तै सचिव बिजय पंगेनीले सहजीकरण गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य देवचुली जेसीजका इि.भि.पि राजन अधिकारीले गर्नुभएको थियो ।
यो संगै जेसीज बर्ष २०२२ का लागी अध्यक्षमा दुर्गादेवी बिष्ट निर्वाचित भएका छन्। यता भि पी (उपाध्यक्ष) मा बिजय पंगेनी , चेतनारायण शर्मा , जीवन गैरे , जगदिश तिवारी संगै इ भी पी मा दिपेश कडरिया र गणेश सापकाेटा चयन भएका छन्। यस्तै सह–कोषाध्यक्षमा निरज सापकोटा संगै सचिवमा नरेन्द्र भण्डारी चयन भएका हुन् ।