देवचुली ,
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सपथ ग्रहण तथा प्रमाण पत्र प्रदान कार्यक्रम सम्पन्न भएको छ। गत पौष १९ गते भएको निर्वाचनमा बिजयी भएका सम्पूर्ण कार्य समिति तथा लेखा समितिका पदाधिकारीहरुलाई आज एक कार्यक्रम बीच सपथग्रहण गरिएको हो।
निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठको अध्यक्षता रहेको कार्यक्रममा नगर प्रमुख पूर्ण कुमार श्रेष्ठको प्रमुख आतित्थ्यता रहेको थियो। कार्यक्रममा अध्यक्ष खिमानन्द भुसाल , उपाध्यक्ष दुर्गादेवि विष्ट , काेषाध्यक्ष गुना भण्डारी , सचिव इन्द्रमणी भुसाल संगै सदस्यहरुमा लक्ष्मी तिवारी , टोपबहादुर न्यौपाने , नन्दुलाल धिताल, दीना पराजुली, गुणा भण्डारी , ओमप्रसाद सारु , दुर्गादेवी विष्ट , कृष्णकुमार श्रेष्ठ , जसबिर पुलामी , लेखा समिती संयोजक रत्ना भुसाल , लेखा महिला सदस्य गीताकुमारी रिजाल न्यौपाने लगायतले सपथ ग्रहण गरेका हुन्।
सपथ ग्रहण गर्दै सम्पूर्ण पदाधिकारीहरुले आगामि दिनमा संस्थाको हितमा इमान्दार , कर्तब्य निष्ठ र पवित्र भई आफ्नो जिम्म्मेवारी निर्वाह गर्ने प्रतिवद्धता गरेका थिए।
यस्तै कार्यक्रममा बोल्दै बाधा अड्काउ फुकाउ तथा विवाद समाधान उपसमितिका डिल्लीराम कडरिया , राम प्रसाद मरासिनी संगै नगर प्रमुख श्रेष्ठ र उप प्रमुख पार्वता तिवारी तथा निर्वाचनमा अध्यक्षका प्रतिद्वन्दी समेत रहेका नारायण पौडेल लगायतले सम्पूर्ण पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना संगै अझै प्रगति र उन्नतिको पाइला चुम्न आग्रह गरेका थिए।