एजेन्सी । इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) को दोस्रो क्वालिफायर खेलमा शुक्रबार दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किङ्सको सामना गर्दैछ । पहिलो इलिमिनेटर राउन्डमा सनराइजर्स हैदरावादलाई पराजित गर्दै क्वालिफायरमा स्थान बनाएको दिल्लीको खेलमा जित निकाल्दै फाइनल प्रवेश गर्ने योजनामा छ । दिल्ली र चेन्नईबीचको खेल नेपाली समय अनुशार ७:४५ मा सुरु हुनेछ f
नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने रहेको टिम दिल्लीले फाइनलमा स्थान बनाउँदै नयाँ इतिहास बनाउने योजनामा छ । दिल्लीलाई समूह चरणको खेलमा चेन्नईले ८० रनले पराजित गरेको थियो । समुह चरणका खेलहरुमा पाएको सफलताले चेन्नाईलाई आजको खेलमा जित निकाल्न हौसला प्रदान हुनेछ । यता दिल्ली समुह चरणमा व्यहोर्यको हारको बदला दिने पक्षमा हुनेछ ।