बुलिङटार
बुलिङटार गाउँपालिकामा नेपाल शिक्षक संघको दोस्रो अधिवेशन आज सम्पन्न भएको छ । बुलिङटारमा रहेको त्रिभुवन माध्यमिक बिधालयको प्राङ्गणमा कार्यक्रम सम्पन्न भएको हो। आज सम्पन्न कार्यक्रममा ऋषिश्वर वकावलको नतृत्वमा नेपाल शिक्षक संघ बुलिङटारको नयाँ कार्यसमिति छनौट गरिएको छ।
यस्तै उपाध्यक्षमा लोक बहादुर कुवर र संघको महिला तर्फ उपाध्यक्षमा यमुना सोमै , सचिवमा खिम बहादुर सुस्लिङ , अर्थसचिवमा तेजमान श्रेष्ठ ,सह सचिवमा निलकण्ठ पोखरेल , सह सचिव (महिला) तर्फ डुल कुमारी मल्ल , सह सचिव (अर्थ) तर्फ लोक प्रसाद रामदाम , सह सचिव (समावेशी) तर्फ चुत्र बहादुर राना लगायतका सर्वसम्मत चयन भएका छन्। यता सदस्यहरुमा गोपाल अधिकारी , सुमन कुमाल , सुक्रराज परियार , संगीता पाण्डे , सपना श्रेष्ठ , चित कुमारी ठाडा रहेका छन् भने वडागत सदस्यहरुमा क्रमश १,२,३,४,५ र ६ बाट तारा प्रसाद माकिम , कमल प्रसाद पोख्रेल , शोभादेवी डिसुवा , भेट बहादुर राना , होम बहादुर सारु र हरिकृष्ण कंडेल लगायतका रहेका छन्।
कार्यक्रममा नेपाल शिक्षक संघ बुलिङटारको अध्यक्ष ऋषिराम कडेलकाे अध्यक्षता तथा बुलिङटार गाउँपालिकाका अध्यक्ष शशीकिरण बस्ताकाेटिकाे प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा नेपाल शिक्षक महासंघ नवलपुरका अध्यक्ष चन्द्रदेव तिवारि, शिक्षक संघका जिल्ला अध्यक्ष चुडामणि शर्मा, शिक्षक संघका उपाध्यक्ष चोक बहादुर पाईजा, सचिव ईन्द्रमणि भट्टराई , अर्थसचिव चेतनाथ अधिकारि, गाउँपालिकाका नेपाली कांग्रेसका सभापति लगायतका व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षकहरु नाम मात्रको सरकारि कर्मचारी रहेको र सरकारले शिक्षकलाई अपमान गरेकाले आन्दोलनमा जानुपर्ने र बताएका थिए । यस्तै शिक्षक महासघ नवलपुरका अध्यक्ष तिवारीले कार्यक्रमलाई सम्बोधन गर्दै बुलिङटार शैक्षिक र सामाजिक क्षेत्रमा उर्वर भूमि रहेकोले यसको बिकासको लागी तत्काल सबै एकजुट भएर लाग्नुपर्ने बताएका थिए।
यस्तै ९ औँ महाधिवेशनको पुर्वसन्ध्यामा पालिका स्तरिय अधिवेशन गर्ने पहिलो पालिका बुलिङटार गाउँपालिका भएकोमा नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष चुडामणि शर्माले खुसि ब्यक्त गरेका थिए।