देवचुली ,
देवचुली नगरपालिकाकाे वडा नं ३,५ र १२ मा पर्ने अमर सामुदायिक वन उपभोक्ता समूहकाे नवनिर्वाचित सम्पूर्ण कार्यसमिति तथा लेखा समितिका पदाधिकारीहरुको सपथ ग्रहण सम्पन्न भएको छ।
नव निर्वाचित कार्यसमितिमा अध्यक्ष हाेमनाथ पाैडेल , उपाध्यक्ष नेत्र भुसाल , सचिव फूलमाया वि.क , कोषाध्यक्ष लाेकनाथ वाग्ले ,सह- सचिव सन्जु सिग्देल सिग्देल लगायत सम्पूर्ण सदस्यहरुलाई सपथ ग्रहण गराइएको हो।
कार्यक्रमका समेत अध्यक्ष रहेका निर्वाचन संयोजक युवराज वाग्लेले सम्पूर्ण पदाधिकारीहरुलाई सपथ ग्रहण संगै प्रमाण पत्र समेत प्रदान गरेका थिए। कार्यक्रममा वाग्लेको अध्यक्षता संगै सब-डिभिजन बन कार्यालय रजहरका प्रमुख ज्योती कोइरालाको प्रमुख आतित्थ्य्ता रहेको थियो।
यस्तै कार्यक्रममा देवचुली ३ का वडाध्यक्ष गोपाल लम्साल, इलाका प्रहरी कार्यालय रजहरका प्रमुख भिमसेन घिमिरे र सामुदायिक बन महासङ्घको सचिव सीता भुसालको विशेष आतित्थ्य्ता रहेको थियो।
आज सम्पन्न कार्यक्रममा करिव २ सयको हाराहारीमा निवर्तमान पदाधिकारी , स्थानीय बुद्धिजीवी तथा समाजसेवी ब्यतित्वहरुको उपस्थिति रहेको थियो।
निर्बाचन सदस्य पुर्णकला भुसालको स्वागत मन्तब्य रहेको कार्यक्रममा अधिकांश वक्ताहरुले नव निर्वाचित पदाधिकारिहरुलाई बधाई संगै सफल कार्यकालको शुभकामना ब्यक्त गर्दै वनले गर्दै आएका राम्रा कामहरुलाई अझै परिस्कृत र परिमार्जित तरिकाले अगाडी बढाउन आग्रह गरेका थिए। कार्यक्रमलाई निर्बाचन समितीका सदस्य पुरुषोत्तम गैरेले सहजीकरण गरेका थिए।