देवचुली,
देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समितिको नयाँ कार्यसमितिको अध्यक्ष पदमा गनबहादुर राना सर्वसम्मत रुपमा चयन हुनुभएको छ । अध्यक्ष सहित अन्य पदाधिकारी सर्वसम्मत रुपमा चयन गरिएको छ । पौष १२ गतेका लागि निर्वाचन मिति तय भएपनि उम्मेद्वारी दर्ता गर्ने क्रममा पौष ११ गते आइतबार नै नयाँ कार्यसमितिको अध्यक्ष, उपाध्यक्ष, सचिव, सह–सचिव, कोषाध्यक्ष पदका लागि सर्वसम्मत सहमति जुटेको हो । वन समितिको अध्यक्षमा पुन : गनबहादुर राना सर्वसम्मत रुपमा चयन भएका छन् । उपाध्यक्ष पदका लागी टिकाराम पाण्डे रहेका छन् ।
यस्तै सचिवमा सिता ढकाल , कोषाध्यक्षमा कमला सिंह भण्डारी, सह ₋सचिव पदका लागी नेत्रलाल श्रेष्ठसंगै सदस्य पदका लागी दधिराम पाण्डे, पवित्रा श्रेष्ठ , राम बहादुर पौडेल , टेकमाया थापा , हरिकला पुरी, चन्द्रमणि उपाध्याय, टिकादेवी प्रधान, नारायण तिमिल्सेना, कोपिला सुवेदी र दलित तर्फ बिन्दुकुमारी बिष्ट लगायतका रहेका छन् ।
आन्तरिक लेखा परिक्षण उपसमितिको संयोजकमा कमलप्रसाद न्यौपाने सहित सदस्यहरुमा जानकी कुमारी रेग्मी तिमिल्सिना र विष्णुप्रसाद श्रेष्ठ चुनिएका छन् । यता सल्लाहकार उपसमितिको संयोजकमा दशरथ भुसाल सहित रुक्मागत पाण्डे, नारायणी भुसाल, पेमा पराजुली, डिलाराम भुसाल, ज्योतीलाल पंगेनी र काशीनाथ तिमिल्सिना निर्विरोध चयन भएका छन् । अनुगमन तथा मुल्यांकन उपसमितिमा रमेशबहादुर क्षेत्रीको संयोजकत्व सहित चन्द्रकान्त भुसाल, ढालेन्द्र घिमिरे, भरत शर्मा र सीता अधिकारी पराजुली गरि ५ जना चयन भएका छन् ।
अन्तिम जाँचपास उपसमितिका लागि आवश्यक संख्या २ सदस्यमा कृष्णा गुरुङ र कर्णबहादुर सारु चयन भएका छन् । कार्यसमिति सहित विभिन्न उपसमितिमा ३२ जना सर्वसम्मत चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले जानकारी दिनुभयो ।
शुक्रबार महाराजा सामुदायिक वन उपभोक्ता समूहको कार्यालयमा नयाँ कार्यासमितिका पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन् ।