देवचुली ,
प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आगामी १९ गते निर्वाचनको लागी आज उम्मेदवार दर्ता संगै चुनाव चिन्ह समेत प्रदान गरिएको छ । संस्थामा अध्यक्ष पदका लागी खिमानन्द भुसाल र नारायण प्रसाद पौडेल आमनेसामने हुने भएका हुन् ।
दुवै अध्यक्ष पदका उम्मेदवार भुसाल र पौडेललाई क्रमश टेबल र कुर्ची चुनाव चिन्ह प्रदान गरिएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका अनुसार सचिवका उम्मेद्वार सुर्य प्रसाद दवाडी (कलम) र इन्द्रमणि भुसाल (किताव) , लेखा संयोजक रत्ना भुसाल (व्रिफकेस) र लिलाधर अधिकारि (जिप) , लेखा महिला सदस्य गीता कुमारी रिजाल न्यौपाने (क्यामेरा) र सरस्वति चापागाईं (मोबाइल) , लेखा सदस्य शिवलाल पराजुली (त्रिशुल) र शंकर बहादुर नेपाली (डम्मरु) लगायतका रहेका छन् ।
यस्तै ब्लकगत सदस्यहरुमा १ मा सिता देवी पाण्डे (बलब/चिम) र लक्ष्मी तिवारी (टि.भी.) , २ मा टोप न्यौपाने (कप) र रमा भट्ट दवाडी (टेबल पंखा) , ३ मा चन्द्रकान्त भूसाल (कुचो/झाडु) र नन्दुलाल धिताल (कैंची) , ४ मा दिना पराजुली (साइकल) र दुर्गा कुमारी रेग्मी (पिपल पात) , ५ मा गुना भण्डारी (आइरन) र सागर भण्डारी (बाल्टिन) , ६ मा लीलावल्लभ भुसाल (भर्याङ) र ओम प्रसाद सारु (माछा) , ७ मा दुर्गा देवी बिष्ट (ग्याँस सिलिन्डर) र कृष्णा ढकाल (हेल्मेट) , ८ मा कृष्ण कुमार श्रेष्ठ (हात्ती) र राम बहादुर गुरुङ (केरा) , ९ मा जसबिर पुलामी (कित्ली) र जस बहादुर लुंगेली (टर्च लाइट) लगायतका रहेका छन् ।
निर्वाचन कार्यतालिका अनुसार भोलि १० बजे चुनावचिन्ह प्रदान गर्ने भनिए पनि प्रचारप्रसारमा सहज होस् भनी उम्मेदवार दर्ता कै दिन चुनावचिन्ह प्रदान गरिएको निर्वाचन समितिका संयोजक जीवलाल श्रेष्ठले जानकारी दिनुभयो।