देवचुली ,
जन जागृत युवा क्लब देवचुली ९ को आयोजनामा शनिबार देखि तेस्रो महिला तथा २७ औँ खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ। यसै अन्तरगत प्रतियोगिताको आज तेस्रो दिन विभिन्न खेलहरु सम्पन्न भएका छन्। आज भएको कालिका मावि र देउराली बिचको पहिलो खेलमा कालिका माविले सोझो २ सेटमा जित निकाल्दै खेल आफ्नो पक्षमा पारेको थियो।

त्यस लगत्तै भिमसेन मावि र के डी सप्लायर्स बिचको रोमान्चक दोस्रो खेलमा के डी सप्लायर्सले सोझो सेटमा जित निकालेको हो । यस्तै अर्को खेलमा के डी सप्लायर्सलाई पराजित गर्दै जनजागृति युवा क्लबले जित दर्ता गरेको हो भने पुनः जनजागृति युवा क्लबले कालिका माविलाई सोझो सेटमा हराउंदै फाइनलमा प्रवेश गरेको छ।

यो संगै महिला समूहबाट जनजागृति युवा क्लब पोल 'ए' र पतौरी मध्यबिन्दु पोल 'बि' बाट फाइनलमा भिड्ने पक्का भएको हो। यी दुइ समूह बिचको फाइनल खेल यहि आउँदो १७ गते हुने आयोजक क्लबका सदस्य अञ्जानले ह्याप्पी टाइम्सलाई बताएका छन्।

पछिल्ल्लो समयको माग अनुसार खेलकुदको माध्ययमबाट युवा तथा महिलाहरुलाई सशक्तिकरण गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य अभिप्रायले यस खेलको आयोजना गरिएको क्लबका अध्यक्ष बिरेन्द्र काफ्लेले बताएका छन् । उनले हरेक बर्ष जन जागृत युवा क्लबले आयोजना गर्ने भलिबल प्रतियोगितालाई यस बर्षपनि निरन्तरता दिईएको जानकारी दिएका हुन् ।

प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले रु १ लाख ११ हजार, द्धितीय हुने टिमले रु ६१ ह्जार, तृतीय हुने टिमले रु ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरि महिलातर्फ प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमश रु २० हजार, १५ हजार र १० हजारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु देवचुली ९ को घुमाउरी पिकनिक स्पट परिसरको खेल मैदानमा हुनेछ ।