देवचुली ,
जन जागृत युवा क्लब देवचुली ९ को आयोजनामा शनिबार देखि तेस्रो महिला तथा २७ औँ खुल्ला पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ। यसै अन्तरगत प्रतियोगिताको आज दोस्रो दिन पहिलो चरणको तिन खेल र सेमी फाइनलको एक खेल गरि विभिन्न चार खेलहरु सम्पन्न भएको छ।

आज भएका पोल बि अन्तरगतको विभिन्न ३ खेलहरुमा क्रमश प्रसौनी , पतौरी मध्यबिन्दु र भीमसेन मावि बिजयी हुँदै अर्को चरणमा प्रवेश गरेको जन जागृत युवा क्लबका सदस्य अन्जानले ह्याप्पी टाइम्सलाई बताएका छन् । उनका अनुसार आजै पोल बि अन्तरगतको पहिलो सेमी फाइनल खेल पनि सम्पन्न भएको छ ।

आज भएको पहिलो सेमी फाइनल खेलमा पतौरी मध्यबिन्दुले प्रसौनीलाई २-१ को सेटमा स्तब्ध पार्दै फाइनलमा आफ्नो सिट सुरक्षित गरेका छन् । पछिल्ल्लो समयको माग अनुसार खेलकुदको माध्ययमबाट युवा तथा महिलाहरुलाई सशक्तिकरण गर्ने र स्थानीय स्तरबाट राष्ट्रिय खेलाडी उत्पादन गर्ने मुख्य अभिप्रायले यस खेलको आयोजना गरिएको क्लबका अध्यक्ष बिरेन्द्र काफ्लेले बताएका छन् ।

उनले हरेक बर्ष जन जागृत युवा क्लबले आयोजना गर्ने भलिबल प्रतियोगितालाई यस बर्षपनि निरन्तरता दिईएको जानकारी दिएका हुन् । प्रतियोगितामा पुरुषतर्फ प्रथम हुने टिमले रु १ लाख ११ हजार, द्धितीय हुने टिमले रु ६१ ह्जार, तृतीय हुने टिमले रु ३१ हजार मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

यसैगरि महिलातर्फ प्रथम , द्धितीय र तृतीय हुने टिमले क्रमश रु २० हजार, १५ हजार र १० हजारको साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण खेलहरु देवचुली ९ को घुमाउरी पिकनिक स्पट परिसरको खेल मैदानमा हुनेछ । यस्तै भोलि भिमसेन मावि र समताको बिचमा संगै आयोजक ए र गैडाकोटको बिचमा खेल हुनेछ।