देवचुली, असार २२, एलिना केसी
अभैm पनि कतिपय हाम्रो समाजमा छोरीले केही गर्न सक्दैन्न भन्ने मान्यता रहेको छ । यही मान्यतालाई हटाउनको लागि पछिल्लो समय नवलपुरको देवुचुलीका किशोरीहरुका लागि छोरीले केही गर्न सक्छिन, छोरी सँग क्षमता छ, छोरीहरुको क्षमतालाई अभैm बलियो बनाउनु पर्छ भन्ने उदेश्यले (सक्छिन छोरी) को नेतृत्व विकास तालिम चितवनको सौराहामा गरिएको जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेलले बताउनुभयो ।
निरज न्यौपाने, दिपक शर्मा, दिपक प्रसाद बस्याल, कुशुम केसी, विध्या विष्ट लगाएतले सक्छिन छोरीको विभिद बिषयमा सहजीकरण गर्नुभएको छ । तालिम सम्पन्न भइसकेपछि किशोरीहरुले आफनो पढाईलाई निरन्तरता दिदैँ बालिका अधिकारका निम्ति समुदायमा गएर सचेतना फैलाउने छन भन्ने हेतुले तालिम सञ्चालन गरिएको कार्यक्रमका प्रशिक्षकहरुले बताएका छन् ।
यस्तै किशोरी मैत्री नेपाल र नमुना नेपाल बनाउनका लागि छोरीहरुका लागि लगानी वृद्धि गर्नुपर्ने, छोरीहरुको कुरा निति बजेटमा आउनुपर्ने, हत्या, हिंसा, बलत्कार जस्ता जघन्य घटनाहरुको अन्त्य हुनुपर्ने, संविधानमा लेखिएका कुराहरु कार्यान्वयन हुनु पर्ने, बालविवाह अन्त्य हुनुपर्ने र यसको निम्ति स्थानीय तह, शिक्षकशिक्षिका, वालवालिका, अभिभावक सबै जना सचेत हुनुपर्ने जस्ता मुलभुत एजेण्डाहरु लिएर अभियानमा लागि परेकोे जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिल्लोतम पौडेलले जानकारी दिनुभयो । पेयर एजुकेटरबाट छनोट भएका करिब २५ जना किशोरीहरुलाई ५ दिन सम्म तालिम संचालन गरिने छ ।