महाराजा सामुदायिक बन उपभोक्ता समिति देवचुली १५ को आज उमेद्वारी दर्ता भएको छ। यस अघि नै प्रकाशन गरेको निर्वाचन तालिका अनुसार आज उम्मेद्वारी दर्ता भएको हो।
आज दर्ता भएको उम्मेदवारीमा अध्यक्ष पदको लागी गनबहादुर राना र उपाध्यक्ष पदका लागी टिकाराम पाण्डे रहेका छन्। यस्तै सिता ढकालले सचिवमा , देवीप्रसाद सापकोटा र कमलासिंह भण्डारीले कोषाध्यक्षमा , नेत्रलाल श्रेष्ठले सह ₋सचिव संगै सदस्य पदका लागी दधिराम पाण्डे, पवित्रा श्रेष्ठ , राम बहादुर पौडेल , टेकमाया थापा , हरिकला पुरी, चन्द्रमणि उपाध्याय, टिकादेवी प्रधान, नारायण तिमिल्सेना, कोपिला सुवेदी र दलित तर्फ बिन्दुकुमारी बिष्ट लगायतका रहेका छन्। मूल कार्य समितिको लागी आवस्यक १५ सदस्यको लागी १६ जनाले उम्मेद्वारी दर्ता गराएका छन्।
यता सल्लाहकार उपसमितिको संयोजकमा दशरथ भुसाल सहित सदस्य पदका लागी ७ जनाको उम्मेद्वारको नामावली प्रकाशन भएको छ। जसमा आवस्यक संख्या पनि ७ नै रहेको छ। यस्तै आन्तरिक लेखा परिक्षण उपसमितिको लागी ३ जना आवस्यक संख्या रहेकोमा कमल प्रसाद न्यौपानेले संयोजक पदमा र अन्य २ जनाले सदस्य पदमा उम्मेद्वारी दिएका छन्।
यस्तै अनुगमन तथा मूल्याङ्कन उपसमितिको लागी आवस्यक ५ सदस्यमा ७ जनाको उम्मेद्वारी परेको छ। जस्मा संयोजक पदमा रमेश बहादुर क्षेत्री संगै सदस्यहरुमा अन्य ७ जनाले उम्मेद्वारी दिएका छन्।
यस्तै बनको आगामी कार्यतालिका अन्तर्गत पौष १० गते दिउँसो साढे ३ बजेसम्म उम्मेदवार उपर दावी विरोधको समय छुटाइएको छ भने १० गते दिउँसो ४ बजेपछि ११ गते दिउँसो ३ बजेसम्म उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने र सोही दिन दिउँसो ४ बजे उम्मेदवारहरुको अन्तिम नामवली प्रकाशन गरिनेछ ।
यसपछिका कार्यक्रमहरु निर्वाचन समितिले पौष १२ गते बैठक बसेर तय गर्ने निर्णय गरिएको निर्वाचन समितिका संयोजक धर्मदत्त भुसालले बताएका छन् ।