देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिका वडा नं १७ पिप्रहरमा गण्डकी प्रदेश स्तरीय कराँते रेफ्री सेमिनार तथा रिफ्रेस कार्यक्रमको दोस्रो दिन सम्पन्न भएको छ । गण्डकी प्रदेश रेफ्री कमिटि गण्डकी प्रदेश पोखरा नेपालको आयोजना र नेपाल कराँते महासंघ ÷ सितोरियो कराँते डो नवलपुरको व्यवस्थापनमा संचालन भइरहेको छ ।
कार्यक्रममा गण्डकी प्रदेश रेफ्री कमीटीका संयोजक सुरेन्द्र कुमार गुरुङ्गको अध्यक्षता रहेको थियो भने गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र पोख्रेलको प्रमुख आतिथ्यता रहेको थियो । प्रमुख अतिथी पोख्रेलले गण्डकी प्रदेश स्तरीय कराँते रेफ्री सेमिनार तथा रिफ्रेस कार्यक्रमको समुद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोख्रेलले स्वास्थ्य, अनुशासन र राष्ट्रको पहिचानका लागि खेलकुदको भूमिका महत्वपूर्ण रहेको बताउनुभएको छ । कराँते खेलको विकास गर्न प्रदेश सरकारले लगानी गर्ने कराते खेलको विकासको शुरूवाती अवस्थामा कठिनाई भएको तर अहिले कराते खेलको केही विकास भइसकेको बताउँदै खेलकुदमा प्रदेश सरकारले लगानी गर्ने बताउनुभएको थियो ।
त्यस्तै पोख्रेलेले गण्डकी प्रदेशले मात्र नभई नेपाल सरकारलेले पनि यस खेललाई अगाडी बढाउनको लागी अबका दिनमा नयाँ योजनाहरु तर्जुमा गर्ने बताउनुभयो। तीन दिन संचालन हुने गण्डकी प्रदेश स्तरीय कराँते रेफ्री सेमिनार तथा रिफ्रेस कार्यक्रममा गण्डकी प्रदेशका मनाङ र मुस्ताङ्ग बाहेक अन्य जिल्लाका ५७ जनाको सहभागिता रहेको गण्डकी प्रदेश रेफ्री कमीटीका संयोजक सुरेन्द्र कुमार गुरुङ्गले जानकारी दिनुभयो ।
उहाँले विशेषगरि कराँतेको विकास र विस्तारका लागि साथै रेफ्रीहरु उत्पादनको लागि सेमिनार राखिएको बताउनुभएको छ । उक्त सेमिनारका कराँतेको निति र नियमको बारेमा जानकारी गराउने बताउनुभयो । यसैगरि नेपाल कराँते महासंघ टेक्निकल कमिटिको जिल्ला सचिव भूपराज पाठकले तालिम कराँतेको विकासका लागि आयोजना गरिएको सेमिनारले महत्वपूर्ण भूमिका खेल्ने र रेफ्री उत्पादन गरि राष्ट्रिय स्तरमा काम गर्ने बताउनुभएको थियो ।
गण्डकी प्रदेश स्तरीय कराँते रेफ्री सेमिनार तथा रिफ्रेस कार्यक्रमको समापन शनिबार हुने भएको छ ।