सकलादेवी सामाजिक उद्धमी महिला सहकारी संस्थाको ११ औ साधारणसभा आज सम्पन्न भएको छ। संस्थाका अध्यक्ष इन्दिरा वाग्लेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा गण्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाको प्रमुख आतित्थ्यता रहेको थियो।
कार्यक्रममा बिषेशत संस्थाको उत्कृष्ट बचत कर्ता, असल ऋणी सदस्य , धेरै ब्यबसायिक कारोबार गर्ने सदस्य , स्वच्छ दुध तथा दूध को मात्रा धेरै ल्याउने सदस्य , सदस्यता बृद्धिमा योगदान गर्ने र समग्रमा सहकारीलाई सहयोग गर्ने विभिन्न ब्यक्तीहरुलाइ सम्मान गरिएको थियो ।
कार्यक्रममा बोल्दै संस्थाका अध्यक्ष वाग्लेले नगरपालिकाको सहयोगमा निर्माणाधिन चार कोठे कार्यालय भवनको लागि यस आव मा १० लाख बजेट बिनियोजन गरेकोमा खुसि ब्यक्त गर्दै छिट्टै निर्माण कार्य सम्पन्न गर्ने बताएकी छिन्।
यस्तै अध्यक्ष वाग्लेका अनुसार सहकारीको ब्यबसाय सेवा केन्द्र भवन निर्माणका लागि गण्डकी प्रदेश पशुपन्छी तथा मत्स्य बिकास निर्देशनालय पोखराबाट १० लाख र हिकोडेफ हेफर साझेदारी मा सन्चालित पशुबस्तुको मूल्य श्रृङखलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजनाबाट ५ लाख गरि कुल १५ लाख को अनुदान प्राप्त भएको समेत बताएकी छिन्।
कार्यक्रममा देवचुलीका पशु सेवा शाखाका सत्यनारायण गोइत , सहकारी शाखा प्रमुख शिव सापकोटा , स्थानिय समाजसेवी तथा राजनितिक दलहरुको तर्फबाट कृष्ण बहादुर के सि , हिकोडेफका परियोजना संयोजक बिष्णु प्रसाद कंडेल तथा देवचुली ३ का वडाध्यक्ष गोपालराज लम्साल संगै प्रमुख अतिथी गन्डकी प्रदेश सभा सदस्य रोशन बहादुर गाहाले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रम देवचुली ३ केउरेनी अम्बास चोकमा भएको थियो।