देवचुली,
शान्ति दिप युवा क्लबको आयोजनामा प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिताको तेस्रो दिन भएको खेलमा आर.एफ.सी रजहरलाई पेनाल्टी सुटआउटमा ४–२ गोलले हराउँदै भगवती एकता क्लब विजयी भएको छ ।
निर्धारित ९० मिनेटको खेलमा दुवै टिमबाट २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पहिलो पेनाल्टीमा आर.एफ.सी रजहरका जर्सी नं १५ का अशोक तामाङले २ गोल गरेका थिए भने भगवती एकता क्लबका जर्सी नं १० का सुरज महतोले २ गोल गरेसँगै खेल पेनाल्टीमा पुगेको हो । पेनाल्टी सुटमा आर.एफ.सी रजहरले २ गोल गरेको थियो भने भगवती एकता क्लबले ४ गोल गरेसँगै विजयी भएको हो ।
भगवती एकता क्लबका जर्सी नं १६ का अनीम राई, जर्सी नं १० का सुरज महतो, जर्सी नं ८ का जित मगर जर्सी नं १२ का देव गुरुङले पालैपालो एक–एक गोल गरि खेललाई जितमा परिणत गरेका थिए । यसैगरि आर.एफ.सी रजहरका जर्सी नं ३ का सागर अधिकारी, जर्सी नं ११ का सुशान्त क्षेत्रीले २ गोल गरेका थिए ।
आज भएको खेलमा भगवती एकता क्लबका जर्सी नं १० का सुरज महतो “म्यान अफ दि म्याच” घोषित भएका छन् ।
देवचुली नगरपालिकामा रहेको शान्ति दिप युवा क्लबको आयोजनामा प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिता शनिबार देखि सुरु भएको हो । सोमबार भएको प्रतियोगितामा शान्ति दिप युवा क्लबका अध्यक्ष अम्मर घर्तीको अध्यक्षता रहेको थियो भने देवचुली वडा नं १४ का वडाध्यक्ष हेमराज दवाडीको प्रमुख आतिथ्यता रहेको थियो ।
प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २१ हजार नगद र दोस्रो हुने टिमले ७५ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् । त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था रहेको छ ।
यसैगरि चौथो दिन मंगलबार १४ गते अभिसेक चर्च रजहर र चोरमारा युवा क्लब बिच प्रतिशपर्धा हुने भएको छ । उक्त प्रतियोगिता पृथ्वीनगरमा रहेको देवचुली नगरपालिकाको नगरस्तरीय रंगशालामा भइरहेको छ । कार्यक्रमको सहजीकरण शान्ति दिप युवा क्लबका सचिव दिपक न्यौपानेले गर्नुभएको थियो ।