देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिकामा रहेको शान्ति दिप युवा क्लबको आयोजनामा प्रथम खुल्ला नकआउट वडाध्यक्ष कप फुटबल प्रतियोगिता सुरु भएको छ ।शनिबार पृथ्वीनगरमा रहेको देवचुली नगरपालिकाको नगरस्तरीय रंगशालामा उक्त प्रतियोगिता सुरु भएको हो । प्रतियोगितामा शान्ति दिप युवा क्लबका अध्यक्ष अम्मर घर्तीको अध्यक्षता रहेको थियो भने देवचुली नगरपालिकाका नगरप्रमुख पूर्णकुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै श्रेष्ठले नगरपालिकामा आयोजना गरिने यस्ता प्रतियोगिताले सक्षम खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताउँदै देवचुली नगरपालिकाले खेललाई अगाडि बढाउन सधै सहयोग गर्ने बताउनुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस नवलपुर क्षेत्र नं १ का नवनिर्वाचत सभापति अमृत भट्टचनले नवलपुर जिल्लामा उपयुक्त कभर्डहल नभएकाले यथाशिघ्र निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको थियो ।
यसैगरि देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष केशर आलेले खेलाडीहरुलाई हौसला बढाउन बेला बेलामा यस्ता प्रतियोगिता राख्नुपर्ने बताउँदै कार्यक्रम भव्य रुपमा सफल होस् भन्ने शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष खिमानन्द भुसाल लगायतले बोल्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य खेल संयोजक गन बहादुर रानाले गर्नुभएको थियो । शनिबार उद्घाटन कार्यक्रमसँगै पहिलो खेल सेन्ट्रल केलेज २८ विगाहा र झाँक्रे फुटबल क्लब बिच प्रतिशपर्धा भएको थियो । जसमा सेन्ट्रल कलेज २८ विगाहा २ – १ गोलले अन्तरले विजयी भएको छ । सेन्ट्रल कलेजको जितको लागी मनिष ठाडा र शिव बोटेले समान १-१ गोल गरेका थिए।
यो संगै सेन्ट्रल कलेज दोस्रो चरणमा प्रवेश गरेको छ। आजको खेलमा सुनिल श्रेष्ठ म्यान अफ दि म्याच हुन सफल भएका छन्। यस्तै भोलि आइतबार एफ. सी. भरतपुर युवा क्लब र समाज सुरक्षा क्लब बिच खेल हुनेछ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख २१ हजार नगद र दोस्रो हुने टिमले ७५ हजार नगद सहित मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्ने छ । सेमिफाइनलमा पुग्ने टिमले रु ११ हजार प्राप्त गर्नेछन् ।
त्यस्तै खेलमा सर्वोकृष्ट गोलरक्षक , सर्वोकृष्ट खेलाडी र सर्वाधिक गोलकर्तालाई समेत पुरस्कारको व्यवस्था रहेको छ । कार्यक्रमको सहजीकरण शान्ति दिप युवा क्लबका सचिव दिपक न्यौपानेले गर्नुभएको थियो ।