देवचुली, असार २१,
देवचुली १३ मा ७० वर्ष नागेका जेष्ठ नागरिकहरुलाई सम्मान तथा बाल क्लबहरुलाई खेलकुद सामग्री वितरण गरिएको छ । जेष्ठ नागरिकहरुलाई सधै माया र सम्मान गर्नुपर्छ भन्ने उद्धेश्यले कार्यक्रमको आयोजना गरिएको वडा नं १३ का अध्यक्ष डिल बहादुर खत्रीले बताउनुभएको छ । जेष्ठ नागरिकहरुलाई तिर्थ यात्रा भ्रमणको लागि छुटाइएका एक लाख बजेटले शानिबार एक कार्यक्रमका साथ सम्मान सहित दोसल्ला, खाजा, हरलिक्स, गुल्कोज वितरण गरिएको छ ।
त्यसतै वडा नं १३ मा दर्ता भएका बाल क्लब र युवा क्लबहरुका लागि ५० हजारको खेलकुद सामग्री वितरण गरिएको छ । क्लबहरुको माग अनुसार क्रिकेट, क्रिकेट बल, भलिबल, फुटबल, बेटमिन्टन लगायतका खेलकुद सामग्री देवचुली बाल क्लब, एकता बाल क्लब, सिर्जनशील बाल क्लब, प्रगति बाल क्लब, गणेश मन्दिर बाल क्लब, जन जागरण बाल क्लब, कुमारवर्ती बाल क्लब, मुनलाईट बाल क्लब, देवचुली युवा क्लब, कुमारवर्ती युवा क्लब, युनिक बाल क्लब गरि ११ क्लबलाइ वितरण गरिएको बताइएको छ ।
कार्यक्रममा बोल्दै अध्यक्ष खत्रीले अबको दिनमा पनि जेष्ठ नागरिका लागि बजेट छुटाई यसरी नै भेला गराएर सम्मान गर्ने प्रतिबद्धता व्यतm गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता देवचुली १३ का वडा अध्यक्ष डिल बहादुर खत्रीले गर्नुभएको थियो भने प्रमुख आथित्यता नगर प्रमुख पूर्णकुमार क्षेष्ठले गर्नुभएको थियो । बिशोष अतिथीका रुपमा देवचुली उधोग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, ने.क.पा का अध्यक्ष राम चन्द्र भटराई, कांग्रेसका अध्यक्ष राम कृष्ण पौडेल, वडा स्तरीय बाल संजालकी अध्यक्ष वर्षा लामिछाने लगायतको उपस्तिथी रहेको थियो ।
कार्यक्रममा बोल्दै जेष्ठ नागरिक टंकनाथ पौडेलले अहिले सम्म हामी जेष्ठ नागरिकलाई यसरी कसैले सम्मान गरेका थिएन आज सम्मान पाउँदा खुसी लागेको बताएका थिए । करिब ९० जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण वडा नं १३ का सदस्य जग बहादुर बोटेले गर्नुभएको थियो ।