देवचुली ,
नेकपा माओवादी केन्द्रको वडा अधिवेशन शनिबारबाट देशभर हुँदैछ।
देवचुली नगरपालिकामा भने शनिबार १२ वटा वडामा मात्रै अधिवेशन हुनेभएको छ। नगरपालिकाको वडा नं १,२,४,७,८,१०,११,१२,१४,१५,१६ र १७ मा वडा अधिवेशन हुने नेकपा माओवादी केन्द्रकी नगर अध्यक्ष प्रेमा खनालले जानकारी दिनुभयो।
खनालका अनुसार वडा नं ९ को वडा अधिवेशन मंसिर ५ गते र वडा नं १३ को अधिवेशन मंसिर ९ गते हुनेछ। वडा नं ३ र ५ मा भने तयारी नसकिएकाले अर्को मितिमा अधिवेशन गरिने वहाँले बताउनुभयो।
माओवादी केन्द्रले नगर स्तरीय ५ सदस्यीय निर्वाचन कमिटी पनि गठन गरेको छ। दुर्गादत्त घिमिरेको संयोजकत्वमा गठित निर्वाचन मन्डलमा टेकनाथ न्यौपाने, रमेश भुर्तेल, अर्जुन अगस्ती र मिना न्यौपाने रहनुभएको छ ।
माओवादी केन्द्रको नगर अधिवेशन आगामी मंसिर ११ गते हुने माओवादी केन्द्र श्रोतले जनाएको छ।