गैंडाकोट
नवलपुरको गैंडाकोट नगरपालिका १४–१७ मा रहेको अमरापुरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको विभिन्न पदका लागि उम्मेदवारी दर्ता गरिएको छ । खानेपानी संस्थाको अध्यक्ष पदका लागि तीन जना आकांक्षी रहनुभएको छ । जसमा वर्तमान अध्यक्ष गोपी कंडेल, उपाध्यक्ष लालमाया गुरुङ र मनहरि सापकोटा रहनुभएका छन् । अध्यक्षका आकांक्षी कंडेल माओवादी केन्द्रका उम्मेदवार हुन् भने गुरुङ नेकपा एमाले र सापकोटा नेपाली काँग्रेसका उम्मेदवार हुन् ।
यसैगरि उपाध्यक्षमा पनि तीन जनाको उम्मेदवारी रहेको छ । जसमा कुन्तादेवि शर्मा पौडेल, गंगादेवि सुवेदी र विष्णुकुमारी पोख्रेल रहनुभएको छ । सचिवमा उमानन्द कंडेल, श्याम बहादुर क्षेत्री, हिरालाल सापकोटा र श्याम नारायण ढकाल रहनुभएको छ । कोषाध्यक्षमा नारायण प्रसाद देवकोटा, कमला गुरुङ, हरि प्रसाद उपाध्यय, सह–सचिवमा भिमकुमारी सापकोटा, रमा पाण्डे, मधुमया पुणसैनी रहनुभएको छ ।
यस्तै खानेपानीको सदस्य पदका लागि १८ जनाको उम्मेदवारी रहेको छ । जस्मा दलित महिला तर्फ पुर्णमाया वि.क, मुना वि.क र मधु दमाई, जनजाति महिला तर्फ चुनमाया गुरुङ, पदममाया बाचे मगर र देवि तामाङ रहनुभएको छ । खानेपानी संस्थाको खुल्ला सदस्य तर्फ वडा नं १४ बाट तुलसीराम शर्मा, बलाराम सापकोटा, कृष्णप्रसाद जैसी, वडा नं १५ बाट लोकनाथ पुरी, विष्णु प्रसाद रानाभाट, माया जमरकट्टेल, वडा नं १६ बाट नरिश्वर गैरे, चेतराम कंडेल, लक्ष्मी नेपाली र १७ बाट बलाराम कंडेल, टिका बहादुर रोका र रेख बहादुर थापा रहनुभएको छ ।
संस्थाको लेखा समिति संयोजकका लागि कृष्ण प्रसाद सापकोटा, विजय अधिकारी र विष्णु प्रसाद सापकोटा गरि ३ जनाको उम्मेदवारी रहेको छ । लेखा महिला सदस्यका लागि अमृता क्षेत्री, श्यामादेवि रेग्मी र गीता ढकालले उम्मेदवारी दर्ता गराएका छन् भने लेखा सदस्यका लागि कृष्णराज सापकोटा, रमाकान्त कंडेल र रामचन्द्र पराजुली चुनावी मैदानमा उत्रिदै छन् ।
आज मनोनयन दर्ता गराएका नाम आगामी मंसिर २ गते दिउँसो २ बजे सम्म फिर्ता लिन सकिने निर्वाचन समितिका संयोजक तेजेन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभएको छ ।
खानेपानी संस्थाको नयाँ कार्यसमितिका लागि आगामी मंसिर १९ गते संस्थाको परिसरमा निर्वाचन हुने सापकोटाले बताउनुभयो ।