नवलपुर
अमेरिकामा वस्ने नेपालीहरुले मृगौलाको विरामी गोपाल परियारलाई उपचारको लागि संकलन गरी पठाएको दुई लाख दुई हजार रकम हस्तान्तरण गरिएको छ । कावासोती नगरपालिका वडा नम्बर १ को लोकाहा स्याउलीमा बस्ने ३८ वर्षिय मृगौलाको विरामी गोपाल परियारलाई कावासोती नगरपालिका वडा नम्बर १ का हाल अमेरिका बस्ने रिता भुसाल दाहाल, प्रदिप दाहाल, जीवलाल भुसाल, रामु बस्याल र धु्रव्र प्रधानको नेतृत्वमा संकलन भएको रकम शनिवार हस्तान्तरण गरिएको हो । सहयोग रकम संकलन गर्नेहरुमा खुम प्रसाद भुसाल, डोल प्रसाद भुसाल, वलदेव गुरुङ, गोकर्ण केसी, निरज बराल, निरेन बराल, अग्रीम खनाल, विजय भटराई, प्रकाश भटराइ, सन्तोस केसी, सुर्य कुमार खड्का, केशव केसी र किशोर केसी रहनुभएको छ । वडा अध्यक्ष नारायण पन्त सहित परिवारको उपस्थितीमा अमेरिकामा बस्ने १५ जना नेपालीहरुले संकलन गरेको सहयोग रकम परिवारलाई बुझाएको खगेश्वर भुसालले बताउनुभयो ।
आर्थिक अवस्था कमजोर भएको परियारको परिवारले उपचारका लागि समस्या भएपछि सहयोग अपिल गरेको हुदा आर्थिक संकलनमा विभिन्न संघसस्था र स्वदेशविदेशमा वस्ने नेपालीहरुलाई जानकारी गराएअनुसार सहयोग संकलनमा अमेरिकामा वस्नुभएका नेपाली रकम संकलनमा जुट्नुभएको भुसालले बताउनुभयो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा वोल्दै वडा अध्यक्ष नारायण पन्तले एक नेपाली विरामी हुदा अर्को नेपालीले आफ्नो गास कटाएर सहयोग संकलन गरी रकम पठाउनुभएकोमा धन्यवाद व्यक्त गर्दै मिग्रौला विरामी गोपालको लागि वडा तहदेखि आफुले गर्न सक्ने सबै सहयोग गर्न तयार भएको बताउनुभयो । दुवै मृगौला विग्रेर दोस्रो चरणमा रहेको डाक्टरले बताए अनुसार अहिले औषधी सेवन गरिरहेको विरामी गोपालको श्रीमती हीमा परियारले बताउनुभयो ।
फर्निचर बनाउने काम गर्दै आउनुभएको गोपाल विरामी भएको एक वर्ष भयो । परिवारको आम्दानीको स्रोत भनेकै फर्निचरको काम गरेबाट आउने रकम थियो तर गोपाल विरामी भएपछि घरखर्च र उपचार खर्च गर्ने बाटो बन्द भएको हीमाले बताउनुभयो । उहाको एक छोरा र एक छोरी छन । अहिले विरामी गोपालले भरतपुरको मनकामना अस्पतालबाट डाक्टरको सल्लाह सहित औषधी सेवन र चेकजाच गरिरहनुभएको छ ।
मृगौला कतिवेला फेर्नुपर्ने अवस्था आउछ भन्ने एकिन नभएको हुदा चिकित्सकको सल्लाह सुझाव र निगरानीमा रहन डाक्टरले भनेको भन्दै दैनिक घरखर्च चलाउन नसक्ने परिस्थितीमा मृगौला फेर्नुपर्ने अवस्थामा समस्या भएको भन्दै सहयोगका लागि परिवारले आग्रह गरेका छन ।