देवचुली ,
जन जागृत युवा क्लब देवचुली -९ को नयाँ समिति गठन भएको छ।
आज सम्पन्न भएको क्लवको पाचौं साधरण सभा तथा तेश्रो अधिवेशनबाट विरेन्द्र राज काफ्लेको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति गठन गरिएको हो ।
यस्तै उपाध्यक्षमा सागर गुरुङ मोक्तान , सचिवमा नवराज पंगेनी ( नवीन ) , सह सचिवमा श्रीप्रसाद श्रेष्ठ संगै कोषाध्यक्षमा रिना गुरुङ सर्व सम्मत चयन भएको क्लबले जनाएको छ।
यस्तै अन्य सदस्यहरुमा लोक बहादुर विक , सुजन क्षेत्री , वेद बहादुर थापा , अम्बि विरकट्टा , रोजिना नेपाली , धनमाया गाहा , अजय गुरुङ्ग , मीन माया गाहा लगायतका रहेका छन्।
क्लबले स्थापना कालदेखि सामाजिक , खेलकुद तथा शैक्षिक क्षेत्रमा कार्य गर्दै आएको छ। नव निर्वाचित अध्यक्षले अझै नयाँ जोस र जाँगर सहित विभिन्न कार्यहरु गर्ने प्रतिवद्धता समेत जनाएका छन्।
सम्पूर्ण कार्यसमितिलाई सफल कार्यकालको शुभकामना।