देवचुली, असार २०
देवचुली नगरपालिकाका कर्मचारीको क्षमता विकास सम्बन्धी सात दिने तालिम शुक्रबार दलदलेको साहरा पार्टी प्यालेसमा सम्पन्न भएको छ । कार्यक्रमका अध्यक्षता देवचुली नगरपाकिाका नगर प्रमुख पूर्णकुमार क्षेष्ठले गर्नुभएको थियो । कार्यक्रममा बोल्दै क्षेष्ठले सात दिने तालिमले जनप्रतिनिधि र कर्मचारीहरुलाई धरै कुरा सिकाएको र आगमी दिनमा सबै मिलेर काम गरे देवचुली नगरपालिकालाई स्वच्छ नमुनकै रुपमा चिनाउन सक्ने बताउनुभयो ।
तालिम अबधी भर राज्य सरकार र निजामति सेवा , स्थानीय सरकार संचालन सम्बन्धि ऐन, स्थानीय तहमा सेवा प्रवाह, पत्र तथा जवाफ लेखन सीप सैद्धान्तिक र व्यवहारीक , टिप्पणी लेखन सैद्धान्तिक, टिप्पणी लेखन अभ्यास, जिन्सि व्यवस्थापन सैद्धान्तिक र व्यवहारीक अभ्यास, वैठक तथा कार्यक्रम व्यवस्थापन, कार्यलय व्यवस्थापन, आन्तरिक नियन्त्रण प्रणाली, भष्टाचार नियन्त्रण, कर्मचारीको आचरण, विधुतिय खरिद प्रकृया ,सेवा ग्राहिलाइ कसरी सहज सेवा दिने लगाएतका विषयमा प्रशिक्षण दिइएको थियो। तालिममा प्रशिक्षक रामधिन यादव, प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद भुषाल , कावासोती नगरपालिकाका योजना प्रमुख होमनाथ काफ्ले, देवचुली नगरपालिकाका लेखा अधिकृत श्रीभद्र पौडेल, अधिकृत स्तर छैठौ तहका अविनाश पन्थी, इन्जिनियर सन्तोष काफ्ले लगाएतकाले प्रशिक्षण दिनु भएको हो । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिमले धरै कुरा सिकाए सँगै आफुमा केही क्षमता वृद्धि भएको र अबको दिनमा कार्य गर्न सहजता हुने र त्यसै अनुरुप नै कार्य गर्ने बताएका थिए ।
तालिम देवचुली नगरपालिकाको आयोजना ,संघिय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्र्तगतको एल.जी.डि.पी को आर्थिक सहयोग र प्रेरणा नेपाल को समन्वयमा संचालन भएको छ । तालिममा देवचुली नगरपालिकाका पैतालिस जना कर्मचारीहरुको सहभागीता रहेका थिए ।