हरिबोधनी एकादशीको अवसरमा नारायणी किनारमा एकादशी धार्मिक मेला हुने पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको छ। दिव्य मध्यवर्ती सामुदायिक वनको आयोजनामा कार्तिक २७ , २८ र २९ गते मेलाको आयोजना गरिएको हो ।
मेला देवचुली वडा नं २ दिव्यधाम स्थित नारायणी नदिको किनारमा हुने भएको छ। हरेक बर्ष पुजाआजा संगै बिभिन्न कार्यक्रम गरि मनाइने धार्मिक मेलालाई यसपाली पनि निरन्तरता दिइएको आयोजकले बताएको छ । यस ठाउँमा परापुर्वकालदेखि नै एकादशीमा स्नान गर्ने ,तोरण टाङ्गने , भजन कृतन गर्नेहरुको घुँईचो लाग्ने गरेको स्थानीयहरू बताउछन्।
त्यसै अनुरुप यस्पाली पनि मेलामा शोभायात्रा , दैनिक आमा समुहहरुको प्रतियोगिता रहनेछ भने प्रकाश सपुत ,कमला घिमिरे , अलिफ खान तथा DJ संगीत को साथमा स्थानीय कलाकारहरुको प्रस्तुति पनि रहनेछ।एकादशी धार्मिक मेलाका संयोजक सुवास चन्द्र ओझाले किसानहरुलाई स्टल किन्न नपर्ने भएतापनि अन्य स्टलको लागी भने न्युनतम १ हजार शुल्क लाग्ने बताएका छन्।
यस्तै मेलामा १ सय भन्दा बढी स्टहरु ल्याउने योजना समेत रहेको ओझाले बताए। दिव्य मध्यवर्ती सामुदायिक वनका अध्यक्ष देवीलाल देवकोटाको अध्यक्षता रहेको पत्रकार सम्मेलनमा मेलामा प्रमुख बाचकको रुपमा बन्धुराज खनाल रहने र एकादशीको दिन तोरण तान्ने कार्यक्रम रहेको समेत बताइएको छ।
उक्त पत्रकार सम्मेलनमा मेलामा हरेक दिनको फोहोर व्यवस्थापन गरिने , बन्यजन्तुको सुरक्षामा ध्यान दिने , हेल्थ डेस्कको व्यवस्था गरिने र पैदलयात्रीलाई समन्वय गरि मेला स्थल लैजाने व्यवस्था गरिने लगायतका कुराहरुको जानकारी दिएका छन्। मेला अवधिमा पर्यटकीय सम्भावनालाई मध्यनजर गर्दै मेल आयोजना गरिएकोले जंगल सफारीलाई खुल्ला गरिएको र पिस पार्कको पनि व्यवस्था गरिएको छ। यस्तै मेलामा हुने सम्पूर्ण खर्चको व्यवस्थापन व्यापारिक स्टल सथा स्पोन्सरहरु बाट गरिनेछ भने मेलामा आउने सम्पूर्ण भक्तजनहरुले मास्कको प्रयोग गर्नुपर्नेछ। पत्रकार सम्मेलनको सहजीकरण ढुण्डिराज केसीले गर्नुभएको थियो।