देवचुली
देशभर नेकपा एमालेको नगर अधिवेशन भईरहँदा देवचुली नगरपालिकामा भने अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन।
७५ सदस्यीय नगर कमिटीका लागि ४५ जना सर्वसम्मत भए पनि बाँकी सदस्य र पदाधिकारीको सहमती जुट्न सकेको छैन। नगर सदस्य पदका लागि सहमतिको अन्तिम बिन्दुमा पुगे पनि पदाधिकारीको टुंगो लाग्न अझै केही समय लाग्ने निर्वाचन समितिका संयोजक तिलप्रसाद काफ्लेले जानकारी दिनुभयो।
उहाँले सहमतिको लागि बिहिबार(भोलि) बिहान ११ बजे अन्तिम प्रयास गरिने बताउनुभयो। देवचुली नगरपालिकामा नगर अध्यक्षका लागि कृष्णबहादुर केसी, रुमकला काफ्ले, हरिप्रसाद पाठक, सागर न्यौपाने र दिनानाथ भुसालको उम्मेदवारी परेको छ।
यसैगरी उपाध्यक्ष पदका लागि भीमलाल तिवारी, नारायणदत्त भुर्तेल, शेषकान्ती सापकोटा, दीपक भट्टराई र गिरबहादुर थापा क्षेत्रीको उम्मेदवारी परेको छ।
नगर सचिवका लागि डिलाराम पाण्डे, सुरज सुवेदी, कृष्ण वाग्ले र जीवन श्रेष्ठको उम्मेदवारी परेको छ भने दुईजना उपसचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ। जसमा सुर्य दवाडी, ओमप्रकाश तिवारी, गणेश शर्मा चालिसे, भुपाल अधिकारी, कल्पना देवकोटा, नवीन पौडेल र पारस खनाल रहेका छन् ।