देवचुली,
अखिल नेपाल फुटबल संघद्धारा आयोजित उप–मेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगिता २०७८ को खेल खेलेर देवचुली नगरपालिका फर्किएको छ । काठमाडौँको एन्फा कम्पलेक्समा संचालित भएको उक्त खेलमा देवचुली नगरपालिकाले सहभागी जनाएको थियो । खेलमा देवचुली नगरपालिका ग्रुप डि मा परेको थियो ।
पहिलो खेल नवलपुरको देवचुली नगरपालिका र झापाको शिव सताक्षी नगरपालिका विच प्रतिशपर्धा भएको थियो । जसमा झापाको शिव सताक्षी नगरपालिकाले १–० ले विजयी भएको थियो ।
यसैगरि दोस्रो खेल मंगलबार नवलपुरको देवचुली नगरपालिका र कैलालीको जानकी नगरपालिका भिडेको थियो । जसमा देवचुली नगरपालिकाले ७–० ले विजयी भएको छ । देवचुली नगरपालिकाको जर्सी नं १० की संगिता वि.कले ३ गोल, जर्सी नं २० की समपुरना राईले २ गोल, जर्सी नं ५ की कमला कुवार क्षेत्रीले १ गोल र जर्सी नं १२ की विमिनिमा तामाङले १ गोल गरेसँगै खेलले अग्रता पाएको थियो ।
खेलका लागि देवचुली नगरपालिकाबाट प्रियंका गुरुङ, रेखा तामाङ, समपुरना राई, लक्ष्मी तामाङ, विमिनिमा तामाङ, सलिना सारु, संगिता विश्कर्मा, रिमा सापकोटा, अमृता विश्वकर्मा, कमला कुवर क्षेत्री, कविता विश्वकर्मा, एलिसा पोख्रेल, सिता आले, अमिसा मल्ल, राधिका महतो, पुजा लामिछाने, विदिसा थापा, सिम्रन सुनार, मनिसा तामाङ र अन्जली सार्की गरि २० जना खेलाडीहरुको सहभागिता रहेको थियो । उक्त खेलमा संगिता विश्वकर्मा प्लेयर “अफ दि म्याच” भएकी छिन् । देवचुली नगरपालिकाले पहिलो खेलमा जित हासिल गर्न नसकेपनि दोस्रो खेलमा राम्रो प्रदर्शन गरेको टिम म्यानेजर लुकेश तामाङले जानकारी दिनुभयो ।
देवचुली नगरपालिकाका खेलाडीहरु सहित कोच विनोद माझी , फिजिसियो सान्तोना पुन, देवचुली नगरपालिकाका खेलकुद विकास समितिका अध्यक्ष भिमलाल तिवारी र सुकलाल तामाङ लगायतको टोली अखिल नेपाल फुटबल संघद्धारा आयोजित उप–मेयर कप राष्ट्रिय महिला लिग छनौट फुटबल प्रतियोगितामा पुगेको थिए ।