नेकपा एमालेको जारी नगर अधिवेशनमा देवचुली नगर अध्यक्षका लागी पाँच जनाको उम्मेद्बारी परेको छ। नगर अध्यक्षका लागि कृष्णबहादुर केसी, रुमकला काफ्ले, हरिप्रसाद पाठक, सागर न्यौपाने र दिनानाथ भुसालको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक तिलप्रसाद काफ्लेले जानकारी दिनुभयो।
यसैगरी उपाध्यक्ष पदका लागि भीमलाल तिवारी, नारायणदत्त भुर्तेल, शेषकान्ती सापकोटा, दीपक भट्टराई र गिरबहादुर थापा क्षेत्रीको उम्मेदवारी परेको छ। नगर सचिवका लागि डिलाराम पाण्डे, सुरज सुवेदी, कृष्ण वाग्ले र जीवन श्रेष्ठको उम्मेदवारी परेको छ भने दुईजना उपसचिवका लागि ७ जनाको उम्मेदवारी परेको छ।
जसमा सुर्य दवाडी, ओमप्रकाश तिवारी, गणेश शर्मा चालिसे, भुपाल अधिकारी, कल्पना देवकोटा, नवीन पौडेल र पारस खनाल रहेका छन् । नगर कमिटीको ७५ सदस्यका लागि ४५ जना निर्विरोध भैसकेका छन् । देवचुली नगरका १७ वटा वडामध्ये १४ वडाका भूगोल प्रतिनिधीको आवश्यक संख्यामै उम्मेदवारी परेको छ भने वडा नं १, १५ र १६ मा आवश्यक भन्दा बढी संख्यामा उम्मेदवारी परेको छ।
यसैगरी दलित महिला सदस्यका लागि पनि आवश्यक भन्दा बढी उम्मेदवारी परेको छ। निर्वाचन समितिले बुधबार (भोलि) बिहान साढे सात बजेबाट दश बजेसम्म उम्मेदवारी फिर्ता तथा सहमतीको समय तोकेको छ। सहमती हुन नसकेको खण्डका बिहान साढे १० बजे अन्तिम नामावली प्रकाशन गरि निर्वाचन समितिले बिहान ११ बजे बैठक बसी निर्वाचनको मिति, समय र स्थान तोक्ने निर्वाचन समितिका संयोजक काफ्लेले ह्याप्पी टाइम्सलाई जानकारी दिनुभयो।