कावासोती नगरपालिका वडा नं. २ का अध्यक्ष लक्ष्मी प्रसाद पौडेलले आज परेको आफ्नो जन्मदिनको अवसर पारेर बिद्यालयलाई सहयोग हस्तान्तरण गर्नुभएको छ।
आफुले प्रारम्भिक शिक्षा हासिल गरेको बिद्यालय कावासोती वडा नं.६ को श्री जनता माध्यमिक बिद्यालयलाई पौडेलले प्राविधिक शिक्षा संचालनको लागि भौतिक संरचना निर्माण गर्न सहयोग होस भन्ने उद्देश्यले ५२१००( बाउन्न हजार एकसय ) बराबरको चेक हस्तान्तरण गरि सहयोग गर्नुभएको छ।
गतसाल बिद्यालयले आयोजना गरेको धनधान्यान्चल महायज्ञमा पौडेलले स्वर्गीय पिता हरिदत्त पौडेल र सम्पुर्ण पित्रीहरुको सम्झनामा बिद्यालयलाई सहयोग गर्छु भनी गरेको संकल्प आज आफ्नै जन्मदिनको अवसरमा पूरा गर्न पाएकोमा आफू अत्यन्तै खुशी भएको बताउनु भयो।
श्रीमती र छोरा सहित सहयोग लिएर बिद्यालय पुग्नुभएका पौडेलले विद्यालयका अध्यक्ष डिल्लिराम भुसाललाई उक्त चेक हस्तान्तरण गर्नुभएको छ।