आज विहानै चार बजेतिर पूर्व पश्चिम राजमार्गको गैँडाकोट १० स्मृति पुल नजिक भएको सवारी दुर्घटनामा मृत्यु भएका तीन जनाकै सनाखत भएको छ । ईलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मी पाण्डे खनालका अनुसार बर्दिया जिल्ला बासवारी नगरपालिका ८ बस्ने बर्ष अन्दाजी ७० की योग माया सुवेदीको भरतपुर सरकारी अस्पताल, चितवनमा, कञ्चनपुर जिल्ला बस्ने बर्ष अन्दाजी ३५/४० कि रंगी तिरुवाको नयाँ मेडिकल कलेज, चितवनमा र कञ्चनपुर महेन्द्रनगर झरारी बस्ने बर्ष अन्दाजी ३०/३५ को कृष्ण रानाको नयाँ मेडिकल कलेज, चितवनमा मृत्यु भएको हो ।उनीहरु सवै जना बसका यात्रु हुन् । केही घाइतेहरु डिस्चार्ज हुनेक्रममा रहेको र सवैको चितवनको नयाँ र पुरानो मेडिकल कलेजमा उपचार चलिरहेको प्रहरी निरीक्षक खनालले जानकारी दिनुभयो । ३ जना गम्भिर, ७ जना मध्यम र १४ जनाको सामान्य अवस्थामा उपचार चलिरहेको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट १० स्मृतिपुल नजिकै पूर्वबाट पश्चिम (काकँडभित्ता देखि महेन्द्रनगर)तर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्वरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएको थियो । सडकको प्रकृति हेर्दा तिव्र गति चलाउन नमिल्ने देखिएको भन्दै सवारी चालकको लापार्वाहीले दुर्घटना भएको हुन सक्ने डिएसपी गिरीले बताउनुभयो । पूर्व पश्चिम राजमार्ग अन्तर्गत गैँडाकोट १० स्मृतिपुल नजिकै पूर्वबाट पश्चिम (काकँडभित्ता देखि महेन्द्रनगर)तर्फ जादैँ गरेको सु.प्र.–०२–००१ ख ११२३ नम्वरको बस र विपरित दिशाबाट आउदैँ गरेको ना ६ ख ७१२६ नम्बरको ट्रक एकआपसमा ठक्कर खाएको थियो । सडकको प्रकृति हेर्दा तिव्र गति चलाउन नमिल्ने देखिएको भन्दै सवारी चालकको लापार्वाहीले दुर्घटना भएको हुन सक्ने डिएसपी गिरीले बताउनुभयो । बस सडक देखि करिव १० फिट तल खस्न गएको थियो । अहिले गैँडाकोट प्रहरी, ट्राफिक र सशस्त्र तथा वसका केही कर्मचारीहरुले दुर्घटनाग्रस्त सवारी घटनास्थलबाट प्रहरी कार्यालय लग्ने तयारी गरेका छन् । नयाँ मेडिकल कलेजमा उपचार गराइरहेका घाईतेहरुः– १.झापा बाहुनडागी बस्ने बर्ष १६ को पारस ढकाल, हात र खुट्टामा चोट, सामान्य । २.मोरङ विराटनगर मा.न.पा.–३ बस्ने बर्ष २१ की पुजा रेग्मी, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज) ३. सोही ठाउँ बस्ने बर्ष २८ को सरोज पोखरेल, हात र खुट्टामा चोट, सामान्य । (डिष्चार्ज) ४.कैलाली बस्ने बर्ष १६ की रोशनी अधिकारी, शरीरमा चोट, सामान्य । ५. कन्चनपुर महेन्द्रनगर नगरपालिका वडा नं.–१ बस्ने वर्ष ४९ को मोहन कोईराला, पेटमा चोट, सामान्य । ६. जुम्ला तिला गा.पा.वडा नं.–४ बस्ने बर्ष २६ को चन्द्र नाथ योगी, हात र खुट्टामा चोट, सामान्य । ७. सोही ठाउँ बस्ने वर्ष ३३ को टोप बहादुर शाही, टाउको, मुख र छातीमा चोट, अवस्था गम्भिर । ८. बस चालक जि.कन्चनपुर कञ्चनपुर न.पा.–४ बस्ने वर्ष ४२ को लाल विर लोहार, छातीमा भित्री चोट, अवस्था मध्यम । ९. रुपन्देही वस्ने वर्ष २८ को सुरज अधिकारी, टाउको र कानमा चोट, अवस्था मध्यम । १०. बर्दिया वाँसगढी न.पा.वडा नं.–८ वस्ने वर्ष ८२ को डिल्लीराम सुवेदी, छातीमा भित्री चोट, अवस्था गम्भिर । ११. जिल्ला झापा बस्ने वर्ष ३६ को मन कुमार श्रेष्ठ, हात र खुट्टामा चोट, अवस्था मध्यम । १२. कन्चनपुर झलारी बस्ने वर्ष २६ की उर्मिला तिरुवा, पेटमा रगत जमेको, अवस्था मध्यम । १३. ट्रक चालक जिल्ला प्यूठान प्यूठान न.पा.–१० बस्ने वर्ष २७ को अमृत सिंह विष्ट, टाउकोमा चोट, अवस्था मध्यम । १४. सुर्खेत विरेन्द्रनगर नगरपलिका वडा नं.–४ बस्ने वर्ष ४० को राम बहादुर थापा, हात र खुट्टामा चोट, सामान्य । १५. हुप्सेकोट वडा नं.–३ नवलपुर वस्ने वर्ष २६ की सबिना लिम्बु, खुट्टामा चोट, सामान्य । १६. हुप्सेकोट –३ नवलपुर वस्ने वर्ष २ को जोशन सारु मगर, टाउकोमा चोट, सामान्य । १७. पुरानो बेलहानी नवलपुर बस्ने वर्ष १८ की गंगा ओली, छाती र पेटमा चोट, सामान्य । १८. कन्चनपुर बेलपुर ९ बस्ने वर्ष ३२ को चित्रदेव लेखक, टाउकोमा चोट, अवस्था गम्भिर (रा.अ.कर्मचारी) । १९. सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं.–७ वस्ने बर्ष ४२ को मन कुमार थापा, ढाड र छातीमा चोट, मध्यम । २०. महोत्तरी बर्दिवास न.पा.वडा नं.–७ बस्ने बर्ष २३ को रमेश यादव, हात र खुट्टामा चोट, मध्यम ।