देवचुली,
पूर्वी नवलपरासीको देवचुली नगरपालिका दलदलेमा नेपाली काँग्रेस नगर कार्यसमितिले निर्माण गरेको बि.पी स्मृती भवनको समुद्घाटन गरिएको छ । शनिबार नेपाली काँग्रेसका महामन्त्री प्रा. डा. शशांक कोइरालाको प्रमुख आतिथ्तयतामा उक्त भवनको समुद्घाटन गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथी रहनुभएका डा. कोइरालाले रिबन काटेर भवनको समुद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै डा. कोइरालाले नवलपुर जिल्ला आफ्नो गृह जिल्ला भएकाले आँफू सभापतिका लागि उम्मेदवारी दिने घोषणा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिका सभापति पूर्णकुमार श्रेष्ठको अध्यक्षता रहेको थियो । कार्यक्रममा बोल्दै श्रेष्ठले पाँच बर्षको कार्यकाल सकिदै गर्दा हालसम्म भएको प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नेपाली काँग्रेस देवचुली नगर कार्यसमितिका उपसभापति रविलाल सापकोटाले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा वि.पी अध्ययन प्रतिष्ठान नवलपुरकी अध्यक्ष विष्णु पाण्डे, नेपाली काँग्रेस संसदीय दलका प्रमुख सचेतक ओमकला गौतम, संविधान सभा सदस्य महेन्द्रध्वज जिसी, पार्टी सभापति विष्णु लामिछाने लगायतले नेपाली राजनीतिमा बि.पी कोइरालाको योगदानको चर्चा गर्दै नेपाली काँग्रेसको आसन्न १४ औँ महाधिवेशनमा सबल नेतृत्व चयन गरि आगामी निर्वाचनमा नेपाली काँग्रेसको बहुमतको सरकार हुने विश्वास व्यक्त गरे । सो कार्यक्रममा बि.पी स्मृत भवन निर्माण समितिका संयोजक दयाराज तिवारीले भवन निर्माणको आयव्यय प्रस्तुत गर्नुभएको थियो । साथै कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य गणेश सापकोटाको “नेपाली राजनीतिमा नेपाली काँग्रेस” नामक किताबको बिमोचन गरिएको थियो ।
भवन समुद्घाटन तथा १४ औँ महाधिवेशन उम्मेदवारी घोषणा कार्यक्रममा नगरका ४२ जनाले विभिन्न पदका लागि उम्मेदवारी दिएका छन् । १४ औँ महाधिवेशन अन्तर्गत नगरको अधिवेशन भाद्र २७ गते गर्ने तय भएकोमा आगामी असोज ९ गतेका लागि सरेपछि देवचुली नगरको राजनीतिक वृत्तमा फेरि सरगर्मी बढेको छ ।
देवचुली नगरपालिकाबाट १४ औँँ महाधिवेशनका लागि गरिएको उम्मेदवारी तपशील अनुरुप रहेका छन् ।
सभापतिः डिल्लीराम कडरिया, प्रदिपराज घिमिरे, गौरिश्वर न्यौपाने, भूपराज पाठक, नारायण प्रसाद पौडेल, देवि खनाल, दयाराज तिवारी, क्याप्टेन डिल बहादुर खत्री, रविलाल सापकोटा, पूर्णकमुार श्रेष्ठ (सर्वसम्मत नभएको खण्डमा)
उपसभापतिः महेन्द्र कुमार पिया, एकदेव पौडेल, हरिभक्त भट्टराई
सचिवः पुरषोत्तम गैरे, सुन्दर पाण्डे, देवेन्द्र भट्टराई, मान बहादुर बोहोरा, सुरज भुसाल
सह–सचिवः भुपति रानाभाट, तनुजा चौधरी,
सदस्यः रफि मोहम्मद, भविश्वर पाण्डे,
प्रदेश प्रतिनिधिः सत्यदेवि पौडेल, बसन्त पोख्रेल, हिमकला न्यौपाने कोइराला (रोजी), लाल कुमार श्रेष्ठ, रेणुका बस्ताकोटी,
क्षेत्रीय उप–सभापतिः शिवलाल सापकोटा,
क्षेत्रीय सदस्यः चित्र बहादुर थापा (भरत), महेन्द्र बहादुर अधिकारी, सुवास ओझा, सुरेश रानाभाट,
जिल्ला सदस्यः शारदा देवि पौडेल, ढाकाराम भट्टराई, रेशमलाल सापकोटा, नुतन प्रसाद रुपक, यमलाल बस्ताकोटी,
जिल्ला उप–सभापतिः धर्मराज बस्याल,
महाधिवेशन प्रतिनिधिः लक्ष्मी बस्ताकोटी, क्यु प्रसाद बस्याल, उदयराज अधिकारी,
पद खुल्न बाँकी : अशोक बस्ताकोटी, ईश्वर रेग्मी