बौंदीकाली ,
बौंदीकाली गाउँपालिकामा बौंदीकाली नवलपुर बिकास मंच गठन भएको छ।
नवलपुर भित्र यत्रतत्र छरिएर बसोबास गर्दै आएका व्यक्तिहरुको समग्र बिकासका लागी यस सामाजिक संस्थाको गठन गरिएको संस्थाका अध्यक्ष शुक्रराज ओझाले बताएका छन्।
नव गठित संस्थाको अध्यक्षमा शुक्रराज ओझा , उपाध्यक्षमा देवी सारा पुलामी , सचिवमा शिव खड्का , सह सचिवमा देव गाहा , कोषाध्यक्षमा लक्षमण चापागाईं सहितको १५ जना सदस्य सर्वसम्मत चयन भएका छन्।
यस्तै अन्य सदस्यहरुमा इन्द्र फाल मगर , सुभास चन्द्र ओझा , थाम माया सारु , श्याम गहतराज , जसमति थापा , दिपक लुइँटेल , प्रदिप राज कंडेल , मोहन थापा , दिपेन्द्र थापा र कृसा कुमारी सिंजाली लगायतका रहेका छन्।
संस्थाले आउने दिनहरुमा सामाजिक तथा मानविय कार्यहरु गर्दै अगाडी बढ्ने बताएको छ।