देवचुली
यस शैक्षिक सत्र २०७८ बाट प्रगतिनगरमा रहेको जनज्योति माध्यमिक विद्यालयमा कक्षा ११ मा बिज्ञान बिषयको अध्यापन हुने भएको छ। (आज) मंगलबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्याम शर्मा भुसालको अध्यक्षतामा उक्त बिषयमा अन्तरकृया गरिएको छ । कार्यक्रममा विद्यालयका पुर्व व्यवस्थापन समितिका अध्यक्ष तथा वर्तमान समितीका पदाधिकारी, विभिन्न संघ संस्थाका पदाधिकारी, विभिन्न वडाका वडाध्यक्षसंगै अभिभावकहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तब्य राख्दै विद्यालयका प्रधानाध्यापक मिन बहादुर दाहालले यस पहिलो शैक्षिक शत्रमा २५ जना विद्यार्थीबाट अनलाइनसंगै स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर भौतिक रुपमा पनि कक्षा संचालन गरिने तयारी गरिरहेको बताउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै देवचुली नगर शिक्षा समितीका सदस्य तिल प्रसाद कफ्लेले यस बिषयमा नगर भित्रका मा.वि विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरकृया गर्दा अझ सहज हुने बताउनुभयो । नवलपुर जिल्लाकै सबै भन्दा पुरानो विद्यालय जस्को गौरब आफै छ, आफू पनि यस बिद्यालायको भुतपुर्व विद्यार्थी समेत रहेकाले यस बिद्यालयमा विज्ञान विषय सन्चालनमा ल्याउन आफू कटिबद्द भएको बताउनु भयो । यस्तै नेपाल महिला संघ देवचुलिका अध्यक्ष निर्मला कंडेलका अनुसार यस क्षेत्रमा बिज्ञान बिषय पढाइ भए संगै भरतपुर तथा काठमाण्डौ जानू पर्ने बाध्यातामा कमि आउने बताउनुभयो ।
यसैगरि शुभकामना मन्तब्य दिंदै देवचुली वडा नं १५ का वडाध्यक्ष हरिभक्त भट्टराईले बिज्ञान विषय पढ्नको लागी नगर भन्दा बाहिरका विद्यार्थीलाई यहाँ सम्म ल्याएर पढ्ने वातावरण बनाउन पाए यस क्षेत्रकै शान बढ्ने बताउनुभयो ।
यस्तै मन्तव्य राख्दै जनज्योती बहुमुखी क्याम्पसका अध्यक्ष दयाराज तिवारिले सबै पक्ष मिलेर अगाढी बढ्ने हो भने बिज्ञान संकाय संचालन गर्न कुनै समस्या नहुने बताउनुभएको थियो।
शिक्षा प्रेमी तथा प्रगतिनगर खानेपानीका अध्यक्ष खिमानन्द भुसालले यश बिद्यालयको ईतिहास गौरब पुर्ण थियो तर बिचमा खस्किएको र बर्तमानमा त्यो गौरबलाई फेरि उठाएको वताउनु भयो । उहाँले राम्रो कामको प्रारम्भ विद्यालय टिमले गर्न आवश्यक रहेको र दक्ष जनशक्ति अब देवचुलिमा नै रहेकोले राम्रो कामको सफलताको शुभकामना दिनुभयो ।
कार्यक्रमको समापन संगै आफ्नो मन्तब्य राख्ने क्रममा बिधालय व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका शर्माले नम्बरी सुन लाई कसि लाउनु पर्दैन भने जस्तै हामी हरेक पक्षमा मजबुत भएकाले यो योजना अघि सारेको बताउनु भयो । नेपालमै ८/१० जना भित्र पर्न सक्ने गणित शिक्षक, नेपाली अंग्रेजी लगायतका बिषया अब्बल शिक्षक यो जनज्योती मा.वि मा भएको कारण अब हामी चितबन र काठमाडौँका कलेजको दर्जामा उच्च शिक्षा प्रदान गर्न सक्षम रहेको बताउनु भयो । ब्यबस्थापन समितिले आधारभुत बिषयलाई पुर्णता दिइसकेको र बिज्ञान विषयमा २०/२५ जना विद्यार्थीहरु पढ्न तयार भैसकेकाले सकारात्मक प्रचार हुनेमा आफू विश्वस्त रहेको बताउनुभयो । भौतिक,आर्थिक र प्राबिधिक रुपमा बिद्यालय तयार रहेकाले केन्द्रिक्त पुजिको आधार मानेर लगानिको रुपमा लिन सके नेपालकै अब्बल बिद्यालयको रुपमा परिचित गराएर छाड्न आफ्नो टिम लागि परेको बताउनु भयो।