प्रहरीका एक अधिकारीका अनुसार भिसेराको रिपोर्ट आईनसकेको तर एक साता भित्र सत्यतथ्य सार्वजनिक हुने बताएका छन् । गत असार ११ गते तरकारी लिन जान्छु भनेर निस्किएकी सुजिता २० गते घरभन्दा करिव ४/५ किलो मिटरको दुरीमा रहेको ब्रह्मस्थानी सामुदायिक वनमा कुहिन लागेको अवस्थामा शव फेला परेको थियो ।
त्यसपश्चात आक्रोशित स्थानीयबासीले पोष्टमार्टमका लागि लैजादै गरेको शव स्थानीयले बाटोमै रोकेका थिए । त्यसदिन साँझ मात्रै सुजिताको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको थियो । अर्को दिन पुनः आन्दोलन चर्किपछि चितवन प्रशासनले कफ्र्यु लगाउन बाध्य भएको थियो ।।