गण्डकी प्रदेशका मुख्यमन्त्री माननीय कृष्णचन्द्र नेपाली पोखरेल आइतबार(आज) गृहजिल्ला नवलपुर आउने कार्यक्रम रहेको छ। मुख्यमन्त्री पोखरेलले मुख्यमन्त्री भएपछी पहिलोपटक गृहजिल्लाको भ्रमण गर्न लाग्नु भएको हो । दुई दिनसम्म हुने भ्रमणको पहिलो दिन जिल्ला स्थित पार्टी कार्यालय, गठबन्धनका नेता कार्यकर्ता भेटघाट, सामुदायिक प्राकृतिक चिकित्सालय अवलोकन,जि.स.स र पालिका प्रमुखसँग भेटघाट तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ। यसैगरी दोश्रो दिन मध्यबिन्दु नगरपालिकाको प्रशासकीय भवनको उद्घाटन, नवजागरण क्याम्पसको पुस्तकालय भवन उद्घाटन, मध्यबिन्दु २ को कार्यालय भवन उद्घाटन, नारायणी नदिको निरिक्षण लगायतको कार्यक्रम तालिका रहेको छ।
भ्रमण तालिका यस प्रकार रहेको छ: गण्डकी प्रदेशका माननीय मुख्यमन्त्रीज्युको नवलपुर भ्रमण कार्यतालिका तपसिल
पहिलो दिन (०७८/०४/०३) गते
१ - काठमाडौबाट - गैंडाकोट ( बिहान ६.००-१०.००) बजे
२- स्थानीय नागरिकको स्वागत( १०.१०.३०) गैंडाकोट
३- खानाको समय (१०.३०-११.३०) सम्म घरमा
४- गैंडाकोट -१३ सिखरौली(१२.३०) सम्म
५- प्राकृतिक चिकित्सालय रजहर (१२.३०-१.००) सम्म
६- देबचुली ने . का. पार्टी कार्यलय (१.००-२.००) सम्म
७- ने. का. जिल्ला पार्टी कार्यलय कावासोती (२.०-३.३०)
८- नवलपुर स्थित विभिन्न कार्यालय प्रमुखहरूसँग अन्तरक्रिया (३.३० -४.३०) सम्म ।
९- जिल्ला समन्वय र पालिका प्रमुख ( जनप्रतिनिधि ) जि. स. स. सभाहल (४.३०-५.३०) सम्म अन्तरक्रिया ।
१०- गठनबन्धनका जिल्ला स्थित पार्टी नेता तथा कार्यकर्ता भेटघाट (५.३० -६.३०) सम्म
ने. का . जिल्ला पार्टी कार्यालय कावासोती
दोस्रो दिन (२०७८/०४/०४) गते
१- हुप्सेकोट - बिहान (८.०-१०.०) बजे
२- मध्यबिन्दु न . पा. प्रशासकीय भवन उद्घघाटन (११.०-१२.३०) र नवजागरण क्याम्पसमा पुस्तकालय भवन उद्घघाटन (१२.३०-१.०-३०) सम्म ।
३- मध्यबिन्दु -२ को कार्यलय भवन उद्घघाटन (२.००-३.०)
४- नारायणी नदिको निरीक्षण (३.०-४.३०) ५ बिनयी- त्रिबेणि ( बाँकी समय )