देवचुली,
लायन्स क्लब अफ नवलपुर देवचुलीको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ। लायन्स बर्ष २०२०/२१ का अध्यक्ष लायन बिरेन्द्र चौधरीद्वारा लायन्स बर्ष २०२१/२२ का नव निर्वाचित अध्यक्ष अनिल आचार्यलाई माइनुट थमाउदै जिम्मेवारी हस्तान्तरण गरिएको छ। निवर्तमान अध्यक्ष बिरेन्द्र चौधरीको अध्यक्षातामा सम्पन्न भएको कार्यक्रममा लायन्स क्लब इन्टरनेस्नल डिस्ट्रिक्ट ३२५ बि 2 नेपालका एम्बासडर अफ गोभर्नर लायन होमनाथ जैसीको प्रमुख आत्तिथ्यता रहेको थियो।
प्रमुख अतिथि जैसीले लायन्स क्लब अफ नवलपुर देवचुलीले गरेका विभिन्न कामहरुको चर्चा गरेका थिए। यस्तै उनले नयाँ कार्यसमितिलाई बिगतको समितिले कोभिडको समयमा गरेको सहयोगलाई भुल्न नहुने र अझ आगामी दिनहरुमा यस्तै उत्कृस्ट कार्य गर्दै समाजका विभिन्न पक्षलाई समेटी अगाडी बढ्न सुभकामना ब्यक्त गरेका छन्।
क्लबका नव निर्वाचित कार्यसमितिमा अध्यक्षमा आचार्य संगै प्रथम उपाध्यक्षमा तिलकचन सापकोटा , द्वित्तीय उपाध्यक्षमा अशोक अधिकारी , तृतीय उपाध्यक्षमा हिमलाल दवाडी , सचिवमा रबिन्द्र न्यौपाने , सह सचिवमा बासुबाबू कोइराला , कोषाध्यक्षमा जयराम श्रेष्ठ सर्वसम्मत चयन भएका छन्।
यस्तै डाइरेक्टरमा राजु सुबेदी , पी आर ओमा नारायण पौडेल , ट्य़ामरमा पवन पौडेल ,टेल ट्विस्टरमा अग्निधर न्यौपाने र को डाइरेक्टरमा बिष्णु न्यौपाने संगै सदस्यहरुमा सुमन अधिकारी , चित्र मल्ल , लेख बहादुर महतो , मनोज चौधरी चयन भएका छन्। सम्पूर्णलाई सफल कार्यकालको शुभकामना।