देवचुली नगरपालिकाको चौथो नगरसभा मंगलबार सम्पन्न भएको छ | नगरसभा देवचुली १६ को वडा कार्यालय सभाहलमा सम्पन्न भएको हो | नगरसभाको अध्यक्षता देवचुली नगरपालिकाका नगरप्रमुख पूर्ण कुमार श्रेष्ठले गर्नुभएको थियो | देवचुली नगरपालिकाका नगर उपप्रमुख पार्वता तिवारीले कुल ४९ करोड ७८ लाख १० हजारको बार्षिक बजेट नगरसभामा प्रस्तुत गर्नुभएको छ | जसमध्ये सशर्त अनुदान १९ करोड ८७ लाख,निशर्त अनुदान २५ करोड ४१ लाख १० हजार रहेको छ | देवचुली नगरपालिकालाई संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान १३ करोड ७३ लाख र राजश्व बांडफांड बापत ९ करोड ८१ लाख प्राप्त हुने भएको छ | साथै गण्डकी प्रदेश सरकारबाट वित्तीय समानीकरण अनुदान १ करोड २६ लाख र राजश्व बांडफांड बापत ६१ लाख १० हजार प्राप्त हुनेछ | देवचुली नगरपालिकाले आर्थिक बर्ष ७६/७७ मा आन्तरिक राजश्वबाट २ करोड र मालपोत रजिस्ट्रेसनबाट २ करोड ५० लाख आम्दानि हुने अनुमान गरेको छ | नगरपालिकाले चालु खर्च ७ करोड ९५ लाख,पुँजीगत खर्च २१ करोड ९६ लाख १० हजार र सशर्त कार्यक्रम खर्च १९ करोड ८७ लाख बिनियोजन गरेको छ |
देवचुली नगरपालिकले आर्थिक बर्ष २०७६/७७ मा कृषितर्फ डिप बोरिंग,स्यालो ट्युबवेल,भूमिगत सिँचाई,सामुहिक तरकारी खेतीलाई प्राथमिकतामा राखी कृषि र पशुपालनलाई आधुनिकीकरण र ब्यवासायिकरण गर्ने नीति लिएको छ | यसैगरी नगर सहकारी सञ्जाल गठन,देवचुली चुचुरो,क्रितिपुर,बन्दीपुर बाह्रकोल पदमार्ग,सांस्कृतिक पर्यटनको बिकास,लोकाहामा औधोगिक ग्राम स्थापना गर्न पहल,नगर क्षेत्रका सार्वजनिक जग्गा पहिचान गरि खेल मैदान,पार्क,बाल उधान,तथा बहुबर्षीय फलफुल बिरुवाको बगैंचा, बिपत सामाग्री भण्डार केन्द्रको स्थापना,स्वच्छ खानेपानीका लागी एक घर एक धारा,लगायतको नीति लिएको छ | साथै शिक्षा,स्वास्थ्य,बालबालिका र अपांग व्यक्तिको लागी २०७६ मा सुरु गरिएको अनिवार्य नैतिक तथा सामाजिक शिक्षालाई हरेक बर्ष एक कक्षा थप गर्दै लैजाने,बिध्यालय लाई प्रविधिमैत्री बनाउने र हरेक विध्यालयका एक जना शिक्षकलाई आई.टी.तालिमको व्यवस्था,दिर्घ रोगीका लागी घुम्ती कोषको स्थापना,सुर्तीजन्य पदार्थको बिक्रीवितरणमा रोक,बालबालिकामा हुने हिंसा नियन्त्रणमा बिशेष कार्यक्रम सन्चालन, अपांगता भएका व्यक्तिहरुको जीविकोपार्जन जस्ता बिषय लाई बिशेष प्राथमिकतामा राखेको छ | देवचुली नगरपालिका भित्र बन्ने भौतिक पुर्वाधारहरु शहरी योजना र भवन निर्माणको मापदण्ड लागु गरि देवचुली भवन संहिता निर्माण गर्ने लक्ष्य लिएको छ | साथै दलदले धौबादी सडकको कुमसोत सम्मको सडक अबिलम्ब चौडा गर्न पहल गर्ने,रजहरमा रहेको सामुदायिक प्राकृतिक चिकित्सालयलाई प्राकृतिक विश्व विध्यालय,दुम्कौलीमा रहेको लालिमा कृषि सहकारीलाई बिउ बिजन प्रसोधन केन्द्र, नगर यातायातको गुरुयोजना,नगर रिंगरोडको कार्यलाई निरन्तरता,नागरिकले स्वतस्फुर्त कर तिर्न सक्ने वातावरणको सिर्जना गर्ने लगायतको लक्ष्य देवचुली नगरपालिकाले चौथो नगरसभा मार्फत प्रस्तुत गरेको छ |