युरो २०२० अन्तर्गत आज पनि तीन खेल हुँदैछन्। साँझ ६:४५ बजे हुने खेलमा युक्रेन र नर्थ म्यासेडोनियाबीच प्रतिस्पर्धा हुँदैछ।
रोमानियाको राजधानीमा बुचारेस्टमा हुने समूह 'सी' को खेलमा दुवै टिम पहिलो जितको खोजीमा हुनेछ।
युक्रेन आफ्नो पहिलो खेलमा नेदरल्यान्ड्ससँग अन्त्यतिर खोल खान पुग्दा ३-२ गोलले पराजित भएको थियो।
युरो कपमा डेब्यू गरेको म्यासेडोनिया भने अस्ट्रियासँग हारेको थियो। अन्तिम १२ बाँकी छदा १-१ गोलको बराबरीको अवस्था रहे पनि अस्ट्रियलाले पछि दुई गोल गरेको थियो।
दुई टिमबीच अहिलेसम्म चार खेलको भएको छ। जसमा युक्रेनले दुई जित निकाल्दा म्यासेडोनिया एक खेलमा विजयी भएको छ। एक खेल बराबरीमा सकिएको थियो।
दोस्रो खेलमा राति ९:४५ बजे डेनमार्क र बेल्जियमबीच खेल हुनेछ।
डेनमार्कको राजधानी कोपनहगेनमा हुने समूह 'बी' को खेल बेल्जियमले डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनलाई सुम्पिन चाहेको छ।
एरिक्सन फिनल्यान्डविरुद्धको अघिल्लो खेलमा मैदान ढलेर बेहोस भएका थिए। पछि उनको अस्पताल लाने क्रममा होस खुलेको थियो। सो खेलमा फिनल्यान्डले डेनमार्कलाई १-० ले पराजित गरेको थियो।
बेल्जियले पहिलो खेलमा पनि जित निकालेकाले लगातार दोस्रो जितसहित अन्तिम १६ मा पुग्न चाहान्छ।
दुई टिमबीच अहिलेसम्म १५ पटक प्रतिस्पर्धा भएकोमा दुवैले समान ६-६ खेलमा जित हात पारेका छन्। तीन खेल भने बराबरीमा सकिएका छन्।
राति १२:४५ बजे समूह 'सी' को खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया भिड्दैछन्।
खेल नेदरल्यान्ड्सको आम्स्टर्डममा हुँदैछ। दुवै टिम पहिलो खेलमा विजयी भएकाले लगातार दोस्रो जितको खोजीमा हुनेछन्।
नेदरल्यान्ड्सले पछिल्ला ६ खेलमा १९ गोल गरेको छ। ती सबै खेलमा नेदरल्यान्ड्स विजयी भएको छ।
सेतोपाटीबाट