देवचुली,
बोधिसत्व विहार काठमाडौँद्वारा देवचुली नगरपालिका तथा रजहर स्वास्थ्य चौकीलाई १२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ । शनिबार बोधिसत्व विहार काठमाडौँका प्रतिनिधि तिलक बस्नेत र ज्ञानेन्द्र शाहीले देवचुली नगरपालिका स्वास्थ्य शाखा र रजहर स्वास्थ्य चौकीका प्रतिनिधिलाई सो स्वास्थ्य सामाग्री हस्तान्तरण गर्नुभएको हो ।
बोधिसत्व विहार काठमाडौँका प्रतिनिधि शाहीले यो विषम परिस्थितीमा कोही व्यक्ति पनि अक्सिजनको अभावमा ज्यान गुमाउन नपरोस भन्दै संस्थाले अक्सिजन कन्सन्ट्रेटर लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको बताउनुभयो ।
देवचुली नगरपालिका तथा रजहर स्वास्थ्य चौकीलाई पिपिई १० पिस, केएन ९५ ५० पिस, सर्जिकल मास्क ५ सय पिस, सर्जिकल ग्लब्स ५० पिस, टप ग्लब्स ५० पिस, अक्सिजन कन्सन्ट्रेटर २ वटा, पल्स कन्सन्ट्रेटर २ वटा, थर्मल गन १ वटा, फेस शिल्ड नोज सपोर्ट १० पिस, ग्लुकोमिटर १ पिस, विपि सेट १, हेयर क्याप २ सय पिस, हेण्ड वास २० लिटर, सेनिटाइजर २० लिटर, फिनेल २० लिटर र हार्पिक १० लिटर, स्प्रेयर १ गरि १२ लाखको स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको छ ।
उक्त स्वास्थ्य सामाग्रीका लागि देवचुलीका समाजसेवि अर्जुन तिवारी ,कृष्ण शर्मा तिवारी र पलट चौधरीले संयोजन गर्नुभएको थियो ।