विश्वव्यापी महामारीका रुपमा फैलिरहेको दोस्रो भेरियन्ट सहितको कोरोना भाइरस ९कोभिड १९० संक्रमणले हाम्रो देश नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि गत बैशाख देखि फैलिएको कोरोनाले करिब ५ लाख भन्दा बढि संक्रमित भएका छन भने ६ हजार भन्दा बढिले ज्यान गुमाइसकेका छन् । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमण नियन्त्रणका लागि यतिबेला देशका अधिकांस ठाँउलाई निषेधाज्ञामा राखिएको छ । यद्यापि देश नै निषेधाज्ञामा भएतापनि संक्रमितको दर भने घट्न सकिरहेको छैन् । यही कोरोना भाइरसको पहिलो चरणको समयमा प्राकृतिक पद्धतिबाट धेरै संक्रमितको उपचार गरि निको गराउन सफल भएको थियो । तर दोस्रो चरणको कोरोनाको नयाँ भेरियन्टको उपचार प्राकृतिक पद्धतिबाट भएको कतै देखिएको छैन । यसले संक्रमितमा अक्सिजनको मात्रा कमि गराउने भएकाले धेरै संक्रमितलाई अक्सिजनको आवश्यकता देखा पर्न थालेको छ ।
कोरोना भाइरस संक्रमण भएर पिसिआर रिपोर्ट नेगेटिभ आउँदा पनि धेरै व्यक्तिहरुमा लक्षणहरु देखा परेको हुन्छ ।
के–के हुन त ति लक्षणहरु
– शरिर कमजोर हुने
– ढाड, ज्यान, हाडजोर्नी दुख्ने,
– सुक्का खोकी लाग्ने
– श्वासप्रस्वासमा केही अप्ठेरो महशुस हुने
– बेला बेलामा छाती दुख्ने
– निन्द्र नलाग्ने
– तनाब, चिन्ता लाग्ने
– बेला बेलामा टाउको दुख्ने
– मुटुको धड्कन बढ्ने
– अनावश्यक डर लाग्ने
संक्रमित भएर पिसिआर नेगेटिभ भएपछि यि समस्याहरु धेरैमा देखिने गर्दछ । त्यसैले यस्ता समस्यालाई निर्मुल पार्न व्याम, योग तथा प्राकृतिक विधिबाट निको पार्न सकिन्छ ।
योग तथा प्राकृतिक चिकित्सा भनेको के हो ? यसले कोभिड बिरामीहरुलाई पहिलेको जस्तै तन्दुरुस्त वा निरोगी बनाउन कसरी सहयोग गर्छ ?
– योग तथा प्राकृतिक चिकित्सा एक वैकल्पिक चिकित्सा बिज्ञानका अभिन्न अंगहरु मध्य योगा, खानपान, अकुपंञ्चर, जलचिकित्सा, मेडिटेशन, फिजियोथेरापी, मसाज थेरापी, शिरोधाराको समिक्षणहरुमा प्राकृतिक चिकित्सकको निगरानीमा गरिने बिशेष उपचार पद्धति हो ।
– रोगीलाई निरोगी र निरोगीलाई दिर्घाजीवी बनाउने प्राकृतिक चिकित्साको प्रमुख उद्धेश्य पनि हो ।
– योग तथा प्राकृतिक चिकित्साले बिरामीलाई शारिरक, मानसिक, सामाजिक र आध्यात्मीक चारै तर्फबाट निको बबनाउन ठूलो भूमिका खेलिरहेको हुन्छ ।
चित्रवन नेचर क्यर अस्पतालका निर्देशक डा. विशाल सापकोटाको भनाई अनुसार कोभिडको क्रममा विभिन्न औषधिहरुको प्रयोगले गर्दा शरिरमा विभिन्न असरहरु परिरहेको बताउनुहुन्छ । डा. सापकोटाले त्यसको असरलाई डिटोक्स गर्नु पर्ने र डिटोक्स गर्ने काम मात्र योग तथा प्राकृतिक चिकित्साको विभिन्न थेरापीहरु तथा खानपानले गर्ने जानकारी दिनुभयो । योग तथा प्राकृतिक चिकित्सा कोभिड पश्चात बिरामीमा रहेको तनाब, टेन्सन, डिप्रेसन, डर लाग्ने जस्ता समस्यालाई एकदमै राम्रो भूमिका खेल्ने भनाइ छ ।
कोभिड भएका बिरामीहरुमा सबैभन्दा धेरै देखिने समस्या भनेको ज्यान दुख्ने जसका कारणले धेरै संक्रमितहरु अझैपनि आँफूलाई पहिले जस्तो निरोगी बनाउने प्रयासमा हुनुहुन्छ । ज्यान दुख्ने समस्यालाई निको पार्ने अकुपञ्चर, फिजियोथेरापी, मसाज थेरापीहरुको महत्वपूर्ण भूमिका रहने चित्रवन नेचर क्यर अस्पतालका डा. संजोग कुमार क्षेत्रीले बताउनुहुन्छ । अझैपनि पिसिआर रिपोर्ट नेगेटिभ तर समस्या भने जे को त्यही हुनेहरुका लागि खानपान र योग तथा प्राकृतिक चिकित्साको विधिहरु अपनाउन आग्रह गर्नुहुन्छ ।
डा. विशाल सापकोटा र डा. संजोग कुमार क्षेत्री
चित्रवन नेचर क्यर, प्राकृतिक चिकित्सालय भरतपुर चितवनमा कार्यरत हुनुहुन्छ