देवचुली , असार ०७ माधब सुबेदी
देवचुली नगरपालिका वडा नम्बर १७ को आयोजनामा अपाङ्ग तथा जेष्ठ नागरिक सम्मान कार्यक्रम ९शनिबार० फारममा सम्पन्न भएको छ ।कार्यक्रमको अध्यक्षता देवचुली नगरपालिका वडा नं १७ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्यले गर्नुभएको थियो भने देवचुली नगरपालिका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठले प्रमुख अतिथ्यता गर्नुभएको थियो । त्यस्तै बिशिष्ठ अतिथीको रुपमा देवचुली नगरपालिका उपप्रमुख पार्वता तिवारी रहनुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य वडा नम्बर १७ कार्यालयकी सदस्य नवकुमारी शर्माले दिनुभएको थियो । कार्यक्रममा देवचुली वडा नं १७ का ७० बर्ष नाघेका र उपस्थित रहेका बृद्धबृद्धा , अपाङ्ग ,अशक्त ब्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रममा आउन नसकेका बृद्धबृद्धा , अपाङ्ग ,असक्त ब्यक्तिहरु १०३ बर्षिय बालकुमारी रेग्मी ९बृद्धा० , २४ बर्षिय कबिता एसेन ९अपाङ्ग० , ९५ बर्षिय मोतिलाल बाचे ९बृद्ध० , ८१ बर्षिय सुनमायाँ बाचेको घरमै गएर देवचुली नगरपालिका नगर प्रमुख पुर्ण कुमार श्रेष्ठ र वडा नं १७ का वडा अध्यक्ष विष्णु प्रसाद आचार्य लगायतको टोलिले सम्मान गरिएको थियो ।
कार्यक्रममा पुर्ण अपाङ्ग ५ जना र आशिंक गरी जम्मा ५० जना अपाङ्गहरु र ३ सय जना बृद्धबृद्धाहरुलाई सम्मान गरिएको थियो । सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथी श्रेष्ठले जेष्ठ नागरिक हरुलाई सम्मान गर्नेपाउँदा खुसी ब्यक्त गर्दै वडाहरुले मात्र नभई देवचुली नगरपालिकाले पनि अघिल्लो बर्ष नगरबाट जेष्ठ नागरिकलाई हस्पिटलमा विमाको कार्यक्रमहरु गरेको तर बृद्धाबृद्धहरुलाई केहि उपलब्धि नदेखीएपछि यसबर्ष सो कार्यक्रम हटाइएको र नगरले गर्नेसक्ने सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाई जुस र फलफुलले दिएर सम्मान गरिएको थियो । कार्यक्रममा करिब ४ सय जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको सहजिकरण भेषराज पौडेलले गर्नुभएको थियो ।