देवचुली,
देवचुली नगरपालिका वडा नं २ मा किशोरकिशोरीहरूलाई नेतृत्व विकास तालिम सुरू गरिएको छ । आईतबार वडा नं २ को नवनिर्मित वडा कार्यालयमा आभानी मिडिया प्रा.लि १०३.८ ह्याप्पी एफ।एमको सहजकर्ता र वडा नं २ को आर्थिक सहयोगमा तालिम संचालन गरिएको हो ।
किशोरकिशोरी नेतृत्व विकास कार्यक्रम अन्तर्गत आफ्ना गतिविधि रेडियो मार्फत कसरी प्रस्तुत गर्ने जस्ता विभिन्न बिषयमा तालिम प्रदान गरिएको हो ।
कार्यक्रमको अध्यक्षता ह्याप्पी एफ.एमका स्टेसन म्यानेजर आदर्श सुशिलले गर्नुभएको थियो भने प्रमुख आतिथ्तयता देवचुली वडा नं २ का वडाध्यक्ष माधव केसीले गर्नुभएको थियो । यसैगरि कार्यक्रममा विशेष अतिथिका रूपमा देवचुली २ का वडा सदस्य जित बहादुर मह्तोले गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी रहनुभएका केसीले देवचुली वडा नं २ मा कुनै पनि कार्यक्रम हुँदा बालबालिकाहरूको सहभागिता कम रहने बताउँदै तालिमले पक्कै उनीहरूमा नेतृत्व विकास हुने विश्वास लिनुभएको थियो । उहाँले आगामी बर्षमा बालबालिकाका क्षेत्रमा बेजेट विनियोजन गरि विभिन्न कार्यक्रमहरु आयोजना गर्ने बताउनुभएको थियो ।
तालिम जागृती बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा, ह्याप्पी एफ.एमका स्टेसन म्यानेजर आदर्श सुशिलले प्रशिक्षण गर्नुभएको थियो । उहाँले बालबालिकाले पाउनुपर्ने अधिकार,बालबालिकाको नेतृत्व विकास, बालबालिका माथि हुने समस्याको पहिचान कसरी गर्ने, रेडियोमा कसरी बोल्ने, आफ्ना र टोलका गतिविधि कसरी रेडियोमा प्रस्तुत गर्ने,कार्यक्रममा अगाडि गए निर्धक साथ कसरी बोल्ने जस्ता विभिन्न विषयमा तालिम प्रशिक्षण गरिएको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य ह्याप्पी एफ.एमका मार्केटिङ म्यानेजर देवराज पौडेलले गर्नुभएको थियो । कार्यक्रममा सुन्दरवस्ती टोल सुधार समितिका अध्यक्ष विनोद सिलवाल, जागृति बाल तथा युवा सरोकार नेपालका महासचिव दिपक शर्मा लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा देवचुली वडा नं २ का विभिन्न बालक्लबका बालबालिका, किशोरकिशोरीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको सहजिकरण ह्याप्पी एफ.एमका एलिना केसीले गर्नुभएको थियो । तालिममा २५ जना किशोरकिशोरीहरूको सहभागिता रहेको थियो । तालिम दुई दिन सम्म संचालन हुनेछ । कोभिड-१९ को समय रहेकाले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर तालिम संचालन गरिएको थियो ।