देवचुली,
मौसमी तरकारी मात्र नभएर बेमौसमी तरकारी पनि उत्पादन गर्न सकिन्छ भन्ने उद्धेश्यले सामुदायिक वनका उपभोक्ताहरुलाई जैविक तरकारी खेती तालिम सम्पन्न गरिएको छ । पुर्वी नवलपुरको देवचुली नगरपालिका वडा नं १५ प्रगतिनगरमा रहेको महाराजा सामुदायिक वन उपभोक्ता समितिका उपभोक्ताहरुलाई ७ दिने तालिम समापन गरिएको छ ।
वन तथा बातावरण संरक्षण संस्था नवलपुरको आयोजना र तराई भू₋परिधि कार्यक्रमको आर्थिक सहयोग साथै महाराजा सामुदायिक वन उपभोक्ता समूहको समन्वयमा जैविक तरकारी खेती तालिम महाराजा सामुदायिक वन उपभोक्ता समितिको कार्यालयमा सम्पन्न भएको छ । समापन कार्यक्रममा महाराजा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष गनबहादुर रानाको अध्यक्षता रहेको थियो भने प्रमुख आतिथ्तयता देवचुली नगरपालिका वडा नं १० का वडाध्यक्ष केशर आलेले गर्नुभएको थियो । यसैगरि वन तथा बातावरण संस्थाका संरक्षण संस्था नवलपुरका अध्यक्ष रामप्रसाद पाण्डेको बिशेष आतिथ्यता रहेको थियो । कार्यक्रम अवधिभर बिवेक चालिसेले प्रशिक्षण गर्नुभएको भएको थियो । तालिममा उपभोक्ताहरुलाई कृषिमा आत्मनिर्भर र व्यवसायीमुखी कसरी बनाउने साथै रासायनिक मल, ,किटनाशक बिषादीको प्रयोग नगरी जैबिक खेती कसरी गर्ने जस्ता विषयमा प्रशिक्षण गरिएको थियो ।
तालिममा सामुदायिक वनमा आबद्ध उपभोक्ताहरु मध्य सकृय २५ जना कृषकको सहभागी गराउने भनिएता पनि तालिमको पहिलो दिन देखि ५१ जना उपभोक्ताहरुको सहभागिता रहेको थियो ।
तालिमको प्रशिक्षण बिवेक चालिसेले जैविक तरकारी खेतीको प्रारम्भ ,परिचय, मानिस र बातावरण बिचको सम्बन्ध ,रासायनिक मल र कीटनाशक बिषादीहरुको प्रयोगले ल्याउने समस्या ,असर, आधुनिक ब्यवसायीक खेतीको सम्भावना ,त्यसका क्षेत्र, ब्यवसाहिक खेति, जडीबुटी खेतीको अभियान अग्नीअस्त्र अमृतरस र निमास्त्र अर्गानिक बिषादी उत्पादनका साथै जैबिक मलको ब्यवस्थापन ,तयार र प्रयोग आदिका बारेमा जानकारी गराउनुभएको थियो । त्यस्तै तेस्रो दिन कृषि ज्ञानकेन्द्र लमजुङ्कका कृषि प्रसार अधिकृत एवं प्रशिक्षक मोहनप्रसाद श्रेष्ठबाट खेतीबाली उत्पादनका लागि माटोको महत्व,माटोको परिक्षण,माटोको गुणस्तर वृद्धि बारे, चौथो दिन कृषि ज्ञानकेन्द् नवलपुरका बागवानी बिकास अधिकृत एवं प्रशिक्षक शंकर पौडेलद्धारा मौसमी तथा बेमौसमी तरकारी खेतीबालीको बिकास,भण्डारण ,उपयुक्त हावापानी,माटो र बनस्पति परिचय आदिका बारे, यस्तै पाचौँ दिन प्रशिक्षकबाट नै सहभागीहरु फिल्डवर्क गराइ उनीहरुको सकृयतामा टनेल निमार्णका ,जग्गा मापन ,आवश्यक सामग्री बाँस र प्लाष्टिकको प्रयोगबारे सिकाई तथा अभ्यासको कार्य गराइनुका साथै नर्सरी उत्पादनका लागि माटो र मलको मिश्रण, माटो छान्ने कार्य, काक्राका बेर्ना उत्पादनका लागि बिउहरु राख्ने कार्य , त्यस्तै छठौँ दिन कृषि शाखा केन्द्र देवचुली रजहर नवलपुरका प्रमुख नरेन्द्र भण्डारी मार्फत करेसाबारीको आवश्यकता ,महत्व बारे जानकारीका साथसाथै सहभागिहरुले आफूले खेती लगाउदा गरेका अनुभवहरु प्रस्तुत गरेका थिए ।
यसैगरि अन्तिम दिन सहभागीहरुद्धारा फिल्डवर्कमा खटिइ टनेलभित्र लामधारी खुर्सानी, डल्ले खुर्सानी ,टमाटरका बेर्ना उत्पादनका लागि बिउ लगाउने कार्य सम्पन्न भएपछि समूहको सभाहलमा सहभागीहरुको साथमा कार्यक्रम समापन गरिएको थियो । जसमा तालिम सहभागिहरुबाट देवचुली नगरपालिकाको तिनवटै वडा १०,१४,१५ बाट समावेश गरि सातौ दिनसम्म सञ्चालन भएका तालिमबाट आफूले पाएको सिकाई ,तालिमप्रतिको मूल्याङ्कन, प्रतिकृया साथै तालिम प्रश्चात आगामी दिनमा गर्ने योजनाका बिषयमा आफ्ना बिचारहरु राखेका थिए ।
तालिममा सहभागीहरुले लामो समयसम्म लिएको यस तालिमले सैद्धान्तिक मात्र नभएर ब्यहारिक शिक्षा दिएको साथै आफूले ज्ञान र सिप दुवै हासिल गरेको बताएका छन् । सातौ दिनसम्म सञ्चालन भएको जैबिक तरकारी खेती तालिममा ३ पुरुष र ४४ जना महिलाको उत्साहजनक सहभागिता रहेको थियो ।