देवचुली,
"युवाहरूको अभियान, समृद्ध देवचुलीको पहिचान" भन्ने नाराका साथ "देवचुली डाँडा" मा पदमार्ग निर्माण सहित सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ । बुधबार रामनवमी तथा चैते दशैंको अवसरमा देवचुली पवर्त समाजको आयोजनामा "देवचुली चुचुरो" मा बाटो खन्ने तथा सरसफाइ अभियान सम्पन्न गरिएको हो । बुधबार बिहान करिब ६:३० बजे दलदलेको होटल हातेमालोमा एक कार्यक्रम गरि "देवचुली डाँडा" मा प्रस्थान गरिएको हो ।
कार्यक्रममा देवचुली नगरपालिकाका उपप्रमुख पावर्ता तिवारी, देवचुली नगरपालिकाका प्रवक्ता क्याप्टेन डिल बहादुर खत्री, देवचुली उद्योग वाणिज्य संघका अध्यक्ष रेशमलाल सापकोटा, दलदले बजार व्यवस्थापन समितिका अध्यक्ष तेज प्रसाद न्यौपाने, प्रगतिनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष खिमान्नद भुसाल, देवचुली पार्वत समाजका पुर्व अध्यक्ष चोकनारायण भुसाल, टोल सुधार समितिका पदाधिकारी लगायतको उपस्थित रहेको थियो ।
कार्यक्रममा बोल्दै देवचुली नगरपालिकाका उपप्रमुख पावर्ता तिवारीले देवचुली नगरपालिकाको पयर्टकीय प्रबर्द्धनका लागि युवाहरूको जागरूकता देखेर निकै खुशी लागेको बताउँदै आगामी दिनमा "देवचुली डाँडा" लाई देशभर चिनाउन देवचुली नगरपालिका समेत लागिरहने बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै देवचुली पवर्त समाजका अध्यक्ष चोकनारायण काफ्लेले "देवचुली डाँडा" मा पुगेर संसारको दुलर्भ ठाउँ देवचुली चुचुरो जाऔँ, एकै ठाउँबाट नारायणी तिरसँगै गैंडा र चौरीको दृश्य हेरौँ भन्ने नारा सहित देवचुली डाँडामा आन्तरिक र बाहर्य पर्यटक भित्राउनका लागि पनि यस अभियान संचालन गरिएको भन्दै सम्पूर्ण देवचुली नगरवासीलाई अभियान सफल पार्न सहयोग गर्नुभएकोमा धन्यवाद प्रकट गर्नुभएको थियो ।
बिहान करिब ६:३० बजे दलदलेबाट प्रस्थान गरेको २२ जनाको टोलीले मोटरसाइकल र्याली गर्दै पोखरीमा पुगेर पैदल गर्दै हातमा कोदालो लिएर पदमार्गलाई निर्माण गर्दै देवचुलीको तीन कन्या माईमा परेवा उडाएर पुन दलदले फर्कि विस्रर्जन गरिएको थियो । कार्यक्रम सफलता पूर्वक सम्पन्न भएको देवचुली पर्वत समाजका अध्यक्ष चोकनारायण काफ्लेले बताउनुभयो ।