देवचुली,
नवलपरासी जिल्लाकै साविक जेठो उच्च माध्यमिक विद्यालय तथा प्राविधिक धार तर्फ सिभिल इन्जिनियरड्ड विषयमा संचालन गर्ने पहिलो विद्यालय देवचुली माध्यमिक विद्यालयले स्वर्ण महोत्सवमा गर्ने भएको छ । स्थापनाको ५० बर्षपुगेको अवसरमा पुर्वी नवलपुरको देवचुली १६ रजहरमा अवस्थित देवचुली माध्यमिक विद्यालयले (आज) शुक्रबार पत्रकार सम्मेलन गर्दै स्वर्ण महोत्सव गर्ने जनाएको हो ।
पत्रकार सम्मेलनमा कार्यक्रमको बारेमा जानकारी गराउँदै विद्यालयका प्रधानाध्यापक नारायण भण्डारीले स्वर्ण महोत्सव आगामी पौष देखि चैत्र १५ गते सम्म हुने जानकारी गराउनुभएको थियो । जस अन्तर्गत विद्यालयका विभिन्न तहका विद्यार्थीहरुलाई लक्षित गरी विभिन्न खेलकुद तथा शैक्षिक कार्यक्रमहरु, किशोरी तथा महिला समुह, युवा, जेष्ठ नागरिक समुह लक्षित जनचेतना मुलक, व्यक्तित्व विकास, प्रेरणादायी तथा क्षमता अभिवृद्धि तथा सम्मान, स्टल सहितको विज्ञान प्रदर्शनी, साहित्यिक, साँस्कृतिक एवं प्रतिस्पर्धात्मक कार्यक्रम, स्वास्थ्य शिविर, मेडिटेसन तथा आत्मविश्वास अभिवृद्धि र वृक्षारोपणर रक्तदान, सरसफाई लगायतका कार्यक्रमहरु गरिने बताउनुभयो । साथै स्वर्ण महोत्सवको अवसरमा नमुना विद्यालय अन्तरर्गत छनोट भएको र सोही क्रममा १ सय २३ कोठाको ४ तले होस्टेल भवनसँगै भौतिक पुर्वाधार निर्माण गर्न लागेको भण्डारीले बताउनुभयो । यस्तै नमुना विद्यालय छनोट सँगै विद्यालयले विद्यालयको थप विकास गर्न ३३ करोड माग गरेको र सोही सेरोफेरोमा रकम विद्यालयले प्राप्त गर्ने भण्डारीले पत्रकार सम्मेलनमा जानकारी गराउनुभयो ।
कोरोना भाईरसको अवस्थालाई हेरेर कार्यक्रम संचालन गर्ने बताउनुभएको थियो ।
वि.सं २०२८ सालमा स्थापना भएको विद्यालयले विद्यार्थीहरुलाई गुण्स्तरीय शिक्षा प्रदान गर्दै आइरहेको प्रधानाध्यापक नारायण भण्डारीले बताउनुभएको छ ।
कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्य प्रसाद न्यौपानेले गर्नुभएको थियो । उहाँले विद्यार्थीहरुको स–साना कुराहरुलाई सम्बोधन गरिएको बताउँदै कोरोनाको अवस्थालाई हेरेर स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरि स्वर्ण महोत्सव गर्न सम्पूर्णको साथ र सहयोगको अनुरोध गर्नुभएको थियो ।
कार्यक्रममा वडा सदस्य, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यालयका कर्मचारी, विद्यार्थी, शिक्षकहरु र संचारकर्मीहरुको उपस्थिती रहेको थियो ।